लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ २ गते । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी संसदीय दलको नेताका बिषयमा उत्पन्न बिबाद १६ महिना पछि सुल्झीएको छ । संसदीय दलको नेतामा पुनः खगराज भट्ट रहने गरि बिबाद समाधान भएको छ ।
२०८० साल माघ १२ गते बहुमत प्रदेश सभा सदश्यबाट माओबादी केन्द्रका स्थायी समिति सदश्य एबम प्रदेश सभाका सदश्य संसदीय दलका नेता खगराज भट्टलाई हटाएर प्रदेश सभा सदश्य मानबहादुर धामीलाई दलको नेता बन्नु भएको थियो ।

विहिबार डडेल्धुरा सदरमुकाममा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा प्रबक्ता अग्नी शापकोटा,उपाध्यक्ष नन्दकिशोर पुन पासाङ,महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज सहितका नेताहरूको उपस्थितिमा दलको नेता परिवर्तन भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले यस अघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन पटक पटक दिएपनि कार्यान्वयन हुन सकेको थिएन । आफ्नो पटक पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर प्रचण्डले दलको नेता परिवर्तनको निर्णय गराएका हुन । मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानको आज जेठ २ गते बैतडीको पाटनबाट सुरुवात गर्न डडेल्धुरा पुग्नु भएका अध्यक्ष प्रचण्डले डडेल्धुरामा रहेको सहिद भीमदत्त पन्तको शालिकमा माल्यार्पण गर्नुभएको थियो । अध्यक्ष प्रचण्ड सहितको टोलीलाई डडेल्धुरामा नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।




