अमरगढी पोष्ट समाचार
डडेल्धुरा,जेष्ठ २ गते । महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदन अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिका सुदूरपश्चिम स्थानियपालिका मध्ये सबैभन्दा कम बेरुजु हुनेमा परेको छ ।
बुधबार सार्बजनिक भएको प्रतिवेदन अनुसार सुदूरपश्चिमका ८८ वटा पालिका मध्येमा अछामको पञ्चदेवल विनायक नगरपालिका पहिलो भएको छ भने अजयमेरु गाउँपालिका दोश्रो भएको हो । पञ्चदेवल विनायकको ०.२७ प्रतिशत बेरुजु सहित सुदूरपश्चिममा पहिलो र अजयमेरुको ०.३१ प्रतिशत सहित दोश्रो स्थानमा रहेको प्रतिवेदनले उल्लेख छ ।
महालेखाले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार डडेल्धुराका स्थानीय तहहरुको बेरुजु यस्तो छ ! अजयमेरु गाउँपालिका ०.३१ प्रतिशत, अमगरगढी नगरपालिकाको १.२८ प्रतिशत, परशुराम नगरपालिकाको ०.४७ प्रतिशत, आलिताल गाउँपालिकाको ०.६४ प्रतिशत, गन्यापधुरा गाउँपालिकाको १.०१ प्रतिशत, नवदुर्गा गाउँपालिकाको १.७९ प्रतिशत र भागेश्वर गाउँपालिकाको ०.९२ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तह तथा अन्य सरकारी निकायहरुमा भईरहेको बेरुजु रकमले आक्रान्त भईरहेका बेला बेरुजु कम आएकाले कर्मचारीलाई अजयमेरु गाउपालिकाका अध्यक्ष उमेश भट्ट बिकासले धन्यबाद दिएको छ ।
शुसासन र पारदर्शिता अबलम्बन गर्नुपर्नेमा बेरुजु रकम बढ्नुले हाम्रो कार्यसम्पादन र आर्थिक सुशासनको चित्रण गरिरहेको अध्यक्ष भट्टको भनाई थियो ।

