Amargadhi Post

गृहमन्त्री माथी गम्भिर प्रश्न उठ्दा पनि राजिनामा आएन ः केन्द्रीय महासचिब भुषाल

लक्ष्मी ऐर 
डडेल्धुरा,जेष्ठ १० गते । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले सरकारका गृहमन्त्रीमाथी गम्भिर प्रश्न उठ्दा पनि राजिनामा दिएर छानबिनका लागी मार्ग प्रसस्त गर्नुपर्ने बताउनुभयो ।
सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा भोली पार्टी कार्यक्रममा सहभागी हुन डडेल्धुरा आईपुग्नु भएका नेता भुषालले शनिबार डडेल्धुरा समाजबादी प्रेश संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो ।
भिजिट भिसामा गृह मन्त्रालयकै संलग्नतामा दैनिक ५० लाख रुपैया संकलन भईरहेको गम्भिर प्रश्न उठेपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिएर संसदीय छानबिन समिति बन्नका लागी मार्ग प्रसस्त गर्नुपर्नेमा भुषालले जोड दिनुभयो ।
लोकतान्त्रिक गणतन्त्रमा ठुला ठुला भ्रष्टाचार काण्डका फायल खुल्दा मन्त्री देखि सांसद उच्च तहका कर्मचारीहरु संलग्न रहदै आएका घटनाक्रमले गर्दा लोकतन्त्र निकै कमजोर बन्दै गएको पुर्ब मन्त्री समेत रहनु भएका भुषालले बताउनुभयो ।
पछिल्ला समयमा भ्रष्ट्राचार ब्यापक रुपमा बढीरहेको प्रति चिन्ता ब्यक्त गर्नुुहुदै भुषालले मुलुक बनाउने हो भने भ्रष्ट्राचारीमाथी निर्मम भएर गर्नुपर्ने र जो सुकै हुन कारबाहीको दायरामा ल्याउन सरकारले कसैको मुख ताक्नु नपर्नेमा जोड दिनुभयो ।
देशमा रहेका अधिकांश सरकारी अड्डा कार्यालयहरु सामान्यतया असुलीका अड्डा बनेका छन् भुसालले भने— यही प्रवृत्तिका कारण देश अझै गम्भिर संकटतर्फ धकेलिँदै छ सरकार बेखबर बन्नु हुदैन । पत्रकारहरुको प्रश्नको जवाफमा नेता भुषालले एमाले संगको पार्टी एकताको सम्भाबना अहिले नरहेको बताउनुभयो । समाजबाद उन्मुख अर्थतन्त्र सहितको मिसनमा एमाले अघि नबढेकाले बैचारिक रुपमै भिन्नता रहेकाले एकताको सम्भाबना ०८४ सम्मै हुन नसक्ने उहाँको भनाई थियो ।
लोकतन्त्रमा राजतन्त्रको कल्पना गर्न सकिदैन मसानघाट पुगेको रजतन्त्रलाई फेरी कसैले ब्युताउने सपना देखेको छ भने सपनामै सिमित हुने नेता भुषालको टिप्पणी थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।