Amargadhi Post

मुक्त हलियाको जिबन स्तरमा सुधार आएन

लक्ष्मी ऐर 
डडेल्धुरा,जेष्ठ २२ गते । हलिया मुक्ति घोषणाको १७ वर्ष बितिसक्दा पनि हलियाको जीवनशैलीमा खासै सुधार आउन सकेको छैन । छाक टार्नसमेत समस्या हुन थालेपछि मुक्त हलियाहरु अहिले भारतका बिभिन्न ठाँउहरुमा कामको खोजीमा भौतारीन बाध्यछन भने कतिपय हलियाहरु गिट्टी कुटेर जीविका चलाउन बाध्य छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका १६ हजार ९५३ हलियामध्ये सरकारले हालसम्म १३ हजार ५४६ जनालाई पुनस्र्थापना गरे पनि अझै तीन हजार ४०७ हलिया गाँसबासको प्रतीक्षामा छन ।
सुदूरपश्चिम प्रदेशको डडेल्धुरा लगायत नौ जिल्ला र कर्णाली प्रदेशका हुम्ला, जाजरकोट र सुर्खेत गरेर १२ जिल्लाका हलियालाई नेपाल सरकारले २०६५ भदौ २१ गते मुक्तिको घोषणा गरेको थियो । मुक्तिपछि पुनस्र्थापनाका लागि नेपाल सरकारले वर्गीकरण गरेर घर र जग्गा दुवै नभएकालाई ‘क’ श्रेणीको परिचयपत्र बाँडेको थियो । वर्गीकरण अनुसार जग्गा भएका तर घर नभएकालाई ‘ख’ श्रेणीको परिचयपत्र दिए पनि अझै साढे तीन हजार मुक्त हलियाको गाँसबासको प्रत्याभूति हुन सकेको छैन । पुनस्र्थापना हुन बाँकी रहेका मुक्त हलिया १७ वर्षदेखि परिचयपत्र बोकेर पुनस्र्थापनाको पर्खाइमा बसेको हलिया आन्दोलनका अगुवा नेता राजुराम भुलले बताउनुभयो । सरकारले हलियामुक्त राष्ट्र घोषणा गर्दा हलियाका तर्फबाट हस्ताक्षरकर्तासमेत रहेका राजुराम भुलले सरकारले प्रमाणीकरण गरेका साढे तीन हजार हलियाले पुनस्र्थापनाको कार्यक्रम नपाएको र थप तीन हजारभन्दा बढी हलिया छुट रहेको बताउनुभयो ।
सरकारले प्रतिबद्धता गरेर हस्ताक्षर गरेका बुँदा कार्यान्वयनमा ढिलासुस्ती हुँदा १७ वर्षको अवधिमा जम्मा १३ हजार हलियाको मात्रै पुनस्र्थापना भएको उहाँले बताउनुभयो । मुक्तिपछि रोजगारी नपाउँदा सडक किनारमा गिट्टी कुटेर छाक टार्दै आएको मुक्त हलिया पार्वती भुलले बताउनुभयो । गिट्टी कुट्न हातमा लगाउने सुरक्षा कवज (पन्जा) नहुँदा हातमा चोट लागे पनि सकिनसकी काम गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । डडेल्धुरामा पहिलो मुक्त हलिया दानसिह पल्ले अहिले भारतको पिथौडागडमा पल्लेदारी काम गरिरहेका छन । मुक्त भएर गाँउमा रोजगारी पाउन छाडेपछि भारत जानु परेको उहाँको भनाई थियो ।
उँहा संगैं रामबहादुर पार्की श्याम र मोहन पार्की समेत हलिया बस्दा एक खालको समस्या थियो मुक्त हुँदा अर्काे समस्या आई लाग्यो श्यामले भने— केटाकेटीको छाक टार्न र पढाउन समेत हम्मे हम्मे भईरहेको उहाँको गुनासो छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।