Amargadhi Post

परशुराम नगरपालिकाले मनपरी ढंगबाट सवारी साधन मर्मतका नाममा लांखौ खर्च गरिएको खुलासा

मानबहादुर साँउद
डडेल्धुरा,जेष्ठ २८ गते । जिल्लाको भित्रीमद्येश क्षेत्रमा रहेको परशुराम नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ म मनपरी ढंगबाट सवारी साधन मर्मतका नाममा लाखौं रुपैया खर्च गरेको छ ।
एक आर्थिक बर्षमा मात्रै परशुराम नगरपालिकाले सवारी साधन मर्मतका नाममा ४१ लाख २२ हजार ९९८ रुपैया खर्च गरेको छ । पालिकाको आन्तरिक आय श्रोत न्युन रहेको अबस्थामा मनपरी ढंगबाट सवारी साधनका नाममा लाखौ खर्च गर्नु बिडम्बना हो ।
महालेखा परिक्षण कार्यालयले हालै जारी गरेको बार्षिक प्रतिबेदन अनुसार परशुराम नगरपालिकाले सवारी साधन मर्मत गर्नु अघि लागत अनुमान तयारी नगरी मर्मत गरि भुक्तानी भएको छ । लागत अनुमान बिना खर्च गरिनु मुनाशिब देखिएको प्रतिबेदनले उल्लेख गरेको छ । २०८० साल माघ ३ गते डि.एस.हेभी इक्युमेन्ट सोलुसन फर्ममा स ं१ ग ४७६ ब्याकहो लोडर मर्मतमा १ लाख १० हजार ६७४ भुक्तानी दिएको छ भने सोही दिन उक्त फर्मका नाममा १ लख ३५ हजार १८१ रुपैयाको चेक भुक्तानी गरेको छ ।
यसैगरी माघ ४ गते डि.एस.हेभी इक्युमेन्ट सोलुसन फर्मलाई ब्याकहो लोडर मर्मत गर्दा ३ लाख ५९ हजार ५७६ रकम भुक्तानी गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । यसरी स्थानीय सरकारले आर्थिक मितब्यीता अपनाउनुको सट्टा अन्धाधुन्ध खर्च गर्ने परिपाटीले आर्थिक अनियमिताको आशंका गरिन्छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।