Amargadhi Post

आलिताल गाँउपालिकाका अध्यक्ष देखि सदश्यले लिए पोशाक !साढे तीनलाख स्वाह ! असुल उपर गर्न निर्देशन !

मानबहादुर साँउद
डडेल्धुरा,जेष्ठ २९ गते । आलिताल गाउँपालिकाले ४३ जना जनप्रतिनिधिका लागि ३ लाख ८१ हजार ९६९ रुपैयाँ बराबरको पोशाक खरिद गरी वितरण गरेको छ । पालिका अध्यक्ष देखि कार्यपालिका सदश्य सम्मका जनप्रतिनिधीहरुले लिएको पोसाक बाफत लिएको रकम असुल उपर गर्न महालेखा परिक्षणको कार्यालयले निर्देशन गरेको हो । पालिकाले लाटो डाँडा गार्मेन्ट उद्योग मार्फत झन्डै ३ लाख ८१ हजार ९६९ रुपैयाँ बराबरको पोशाक खरिद गरी वितरण गरेको थियो । तर उक्त खर्च कानुन बिपरित रहेको भन्दै महालेखा परीक्षकको कार्यालयले असुल उपर गर्नुपर्नेमा जोड दिएको छ ।

 पोशाक खरिद गर्नेमा आलिताल गाँउपालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैना कुमारी रावल (बोहरा) र आठ वटै वडाका वडाध्यक्ष र सदस्यहरू रहेका छन । उनीहरूले जनहि ८ हजार ८ सय ८३ रुपैयाँ बराबरको पोशाक खरिद गरेका थिए । सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदश्यहरुको सुविधा सम्बन्धी ऐनको दफा २(१) तथा अनुसूची १(क) अनुसार गाउँपालिका अध्यक्ष लगायत पदाधिकारीहरूलाई पारिश्रमिक, बैठक भत्ता, भ्रमण भत्ता जस्ता सुविधा उल्लेख भएपनि पोशाक सम्बन्धी कुनै व्यवस्था गरिएको छैन । यद्यपि पालिकाले कानुनी आधार विना पोशाक खरिद गरी ३ लाख ८१ हजार ९६९ भुक्तानी गरेको पाईएपछि महालेखा परिक्षणको कार्यालयले उक्त रकम असुल उपर गर्नुपर्ने सुझाव दिएको हो ।

 पोशाक खरिद गर्दा आवश्यक निर्णय प्रक्रिया, बजेट स्वीकृति वा सार्वजनिक खरिद ऐन अनुसारको प्रतिस्पर्धात्मक प्रक्रिया अपनाईएको प्रमाण समेत फेला परेको छैन । महालेखाले मनोमानी ढंगले नियमविपरीत खर्च गरेको भन्दै यो कार्य वित्तीय अनुशासनविपरीत रहेको प्रतिबेदनमा उल्लेख गरेको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।