Amargadhi Post

भागेश्वर गाँउपालिकाको बेरुजु ११ करोड नाघ्यो

लक्ष्मी ऐर 
डडेल्धुरा,जेष्ठ ३० गते । डडेल्धुराको भागेश्वर गाँउपालिकाको बेरुजु ११ करोड नाघेको छ । स्थानिय सरकार संचालन भएको ७ बर्षमै ११ करोड बेरुजु नाघ्न थालेपछि स्थानीयबासीहरु चकित परिरहेकाछन ।
शुसासन र पारदर्शिताका नारा दिने जनप्रतिनिधी र सरकार असफल हुदै गईरहेका हुन की ब्यबस्था नै बेरुजु बढाउने हो स्थानीयहरुले पछिल्ला केही समययता देखि चौक चौकमा बहस गर्ने बिषय बन्दै गईरहेको छ । घर नजिकको सरकार भन्दै अपारदर्शिता,मौनमौजी ढंगबाट सरकार चल्न मिल्छ र भन्दै स्थानीयबासी प्रतिप्रश्न गर्दे ? नियम कानुन र बिधी पद्धतीको समेत धज्जी उडदा समेत राजनैतिक दलहरु समेत मौन बस्नुले ब्यबस्था माथी नै आक्रोश बढ्न थालेको छ ।
ब्यबस्था र्नै खराब हो की जनप्रतिनिधी खराब हुन ? यो त अचाक्ली नै भयो भन्दै कोही पनि नागरिकहरु सन्तुष्ट देखिएका छैनन । बेरुजुको अबस्था भागेश्वरको मात्रै होईन सबै पालिकाको अबस्था उस्तै हो बेरुजु बढाउनमा तिब्र होडबाजी चल्दै आएको तथ्याकहरुले देखाईरहेको छ । भागेश्वर गाँउपालिकामा गत बर्ष २०७९÷८० मा १३ करोड २६ लाख ७८ हजार बेरुजु थियो । पालिकाले १ करोड २३ लाख ९० हजार ७२० रुपैया फच्यौट गरेर १२ करोड २८ लाख ७ हजार २८० रुपैया बेरुजु रहेको थियो । यो आर्थिक २०८०÷०८१ मा ६९ लाख ६३ हजार ०७७ रुपैया थपिएर ११ करोड ३३ लाख २४ हजार २०३ रुपैया बेरुजु आएको छ । पालिकाहरुले सम्पादन गरिरहेका कामकारबाहीहरु अपारदर्शिता मात्रै होईन चरम लार्पवाहीका कारण पनि कानुन बिपरित कार्यले गर्दा बेरुजु आउदै गरेको हो ।
कानुन बिपरितका भुक्तानी, कतै बिल भन्दा बढी भुक्तानी,प्रमाण बिना नै भुक्तानी,दोहोरो भत्ता र सुबिधा लिएर गैर कानुनी भुक्तानी बाफत असुल उपर गर्नुपर्ने रकम,पेश्की फच्यौट हुन नसकेका भुक्तानी लगायतका बिभिन्न गैर कानुनी ढगंबाट लेखा प्रणाली संचालन हुदाँ बेरुजुको समस्या आएको हो । कानुनको धज्जी उडाएर भएका आर्थिक कारोबारहरु उपर छानबिन गरि सम्बन्धित पक्षलाई कानुनी कारबाही गरिनुपर्नै अबस्था देखिन्छ । कागजात नमिलेका कारण आउने बेरुजुको त कागज पुरा गरेर फच्यौट हुन्छ तर गम्भिर प्रकृतिका कानुन बिपरित गरिएका भुक्तानी असुल उपर गरेर मात्रै बेरुजु फच्यौट हुने भएकाले कर्मचारीहरु यो बिषयमा गम्भिर बन्नु पर्र्ने देखिन्छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।