लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ ३० गते । जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएम १०४.८ मेघाहर्जले आफ्नो स्थापना बर्षको १७ औं बर्ष पूरा गरि १८ औं बर्षको अबसरमा दुर्गम बस्तीका बिचमा एक औपचारिक कार्यक्रमका बिच भब्यताका साथ मनाएको छ ।
सदरमुकाम भन्दा ३० किलोमिटर टाढा रहेको नबदुर्गा गाँउपालिकाको वडा नं.१ मा रहेको र्भैरब प्राथमिक बिद्यालयका बिद्यार्थिहरुका माझमा आफ्नो बार्षिक उत्सबको अबसरमा बिभिन्न शैक्षिक सामग्री हस्तान्त्ररण गर्दे मनाएको हो ।
आफ्नो एफएमले आफ्नो स्थापना दिवसको अबसरमा रेडियो सुन्न चाहने तर किन्न नसक्ने स्रोता हरुको लागि ५० सेट सोलार रेडियो बितरण गरेको छ भने भैरव प्राथमिक विद्यालयका बिद्यार्थिहरुलाई खेलकुद सामाग्री वितरण गरेको रेडियोका संयोजक विजय कुमार मानन्धरले जानकारी दिनुभयो । उनका अनुसार ४ सेट फुटबल,२ सेट भलिबल, पम्प,व्याडमिन्ट्न २ सेट, भलिबल नेट,मादल, ६ जोर ट्रयाकसुट, रिङ ६ वटा, लुडो २ सेट, डोरी १३ थान ,पजल क्युव ५ सामाग्री बितरण गरेको हो ।

यसैगरी बार्षिकोत्सबको अबसरमा डडेल्धुरा जिल्लामा रहेका विभिन्न पालिकाका ४ पिडित परिवार लाइ राहत स्वरुप खाद्यान्न बितिरण गरेको छ । नबदुर्गा गांउपालिका ०१ कि नारु दमाइ , गन्यापधुरा गांउपालिका वडा न ०२ का हिक्मत कार्कि , अमरगढि नगरपालिका का २ परिवार गरि जम्मा ४ परिवारलाइ खाद्यान्न स्वरुप १÷ १ कट्टा चामल ,दुइ किलो दाल ,दुर्इ पोका तेल, २ किलो चिनि,१ किलो नुन प्रति परिवारलाइ बितरण गरिएको हो। बिधालयमा खेलकुद सामाग्री बितरण कार्यक्रममा आफ्नो एफएम नेपालका संयोजक मानन्धरले रेडियोको इतिहास बताउनु भएको थियो । उहाले १८ वर्षको यात्रामा हामीले सूचनाको माध्यम मात्र नभई, समुदायप्रतिको उत्तरदायित्व बोध गर्दै हरेक वर्ष समाजसेवाको कुनै न कुनै रूप अवलम्बन गर्दै आएका छौं। चाहे त्यो स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम होस्, विपद् राहत होस् वा शैक्षिक तथा खेलकुद सामग्री वितरण हामी सदैव समुदायको हितका लागि सक्रिय रहँदै आएको बताए ।

कार्यक्रमका नबदुर्गा गाउपालिका वडा न १ का वडा अध्यक्ष शेर बहादुर साउदले आफ्नो एफएमले सामुदायिक रेडियोको पहिचान झल्काएको बताएका छन। सामुदायिक रेडियो आफ्नो एफएमले बिगत देखि नै समुदायमा काम गर्दै गरेको देख्दा खुशी व्यक्त गरेका छन। आफ्नो एफएमले विभिन्न किसिमका सामाजिक सेवा गरि यस नबदुर्गाको भैरब प्राबि छनोट गर्नुभएकोमा अध्यक्ष साउदले धन्यवाद व्यक्त गरेका हुन । त्यस्तै बिधालयका प्रअ चक्र बहादुर बोहराले रेडियोले गरेको कामको प्रसंशा गरेका थिए। रेडियो आफ्नो एफएम समुदाय सङ्ग नजिक रहेको जिकिर गरे । साथै बिधालयमा माग अनुसारको सहयोग पाएकोमा खुशी व्यक्त गरेका छन । भोली जिल्लामा रहेका पत्रकारहरु संग चियापान कार्यक्रम गरि दिवस मनाउने तयारी भईरहेको जानकारी दिएको छ । गत बर्ष आफ्नो स्थापनाको १७ औ बार्षिकोत्सव को अबसरमा अमरगढि नगरपालिका ०६ का दुइ बिधालयलाइ स्टेसनरी सामाग्री बितरण गरेको थियो ।








