मानबहादुर साउद
डडेल्धुरा,जेष्ठ ३० गते । डडेल्धुराको भागेश्वर गाँउपालिकामा उपभोक्ता समितिका नाममा काम कम भुक्तानी बढी दिएर अनियमितता गरेको खुलासा भएको छ ।
गाँउपालिकाको मिलोमतोमा उपभोक्ता समितिलाई ३१ लाख ६२ हजार २३४ रुपैया कानुन बिपरित भुक्तानी गरेर अनियमितता भएको हो ।
ऋार्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम (३९) (१०) मा जिम्मेवार ब्यक्तिले सरकारी रकम खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्नु वा भुक्तानी दिन आबश्यक बिल भरपाई र कागजात संलग्न भए नभएको र रितपुर्बक आएको नआएको जाच गर्नुपर्ने ब्यबस्था छ तर त्यस्तो नगरी हचुवाका भरमा भुक्तानी दिदा असुल उपर गर्न महालेखा परिक्षणको कार्यालयले जारी गरेको बार्षिक प्रतिबेदनमा उल्लेख गरेको छ ।

पालिकाले सडक निर्माण देखि अन्य योजनाहरुमा उपभोक्ता समितिलाई लागत अनुमान गर्दा मेसिन प्रयोग गरि नरम माटो खन्ने प्रति घनमिटर रु ९१.७५ र सबै प्रकारको माटो खन्ने प्रति घनमिटर ३१० र कडा चट्टानमा प्रति घनमिटर १८०० का दरले तयारी प्राबिधिक मुल्याकन गरेको छ ।
उपभोक्ता समितिले निर्माण ब्याबसायी मार्फत काम गराएर पालिकाले सडक बिभागको नम्समा बढी दर राखी उपभोक्ता समितिलाई भुक्तानी गरेको देखिएको छ त्यो नियम सम्मत देखिदैन प्रतिबेदनले भनेको छ — बढी भुक्तानी गरेको रकम एकिन गरि असुलउपर गर्न पालिकालाई निर्देशित गरेको छ ।

झण्डै ३३ वटा सडक निर्माणको जिम्मेवारी उपभोक्ता समितिले लिएर निर्माण कम्पनी मार्फत गरेको र काम कम रकम बढी भुक्तानी लिएर कानुन बिपरित भएको ठहर गरिएको छ । बिधी र प्रक्रिया सम्म हेर्न नसक्ने पालिकाका प्राबिधिक र कामको अनुगमन गर्ने अनुगमन संयन्त्र र सिङगो कार्यपालिका यसमा जिम्मेवार देखिन्छ । उपभोक्ता समितिले लिएको बढी भुक्तानी बाफतको रकम असुल गरिनुपर्नेमा पालिकाको ध्यानाकर्षण गराएको छ । स्थानीय पालिका र कर्मचारीहरु शुसासन र पारदर्शिताको हकमा के कसरी चलीरहेका छन भन्ने यो एउटा मात्रै उदाहरण होईन यस्ता दर्जनौ कैफियत देखिएका छन ।










