अमरगढी पोष्ट समाचार
डडेल्धुरा,असार,१३ गते । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१।८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।


