लक्ष्मी ऐर
डडेल्धुरा,असार १६ गते । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सुचनाको हक कार्यान्वयमा सहजता बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन । गुल्मी जिल्लाबाट हालै डडेल्धुरा जिल्लामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी गौतमले जिल्ला स्थित सुचना अधिकारी र पत्रकारहरुका बिचमा सुचनाको हक कार्यान्वयनको अबस्थाका बिषयमा आईतबार आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा सुचनाको हक कार्यान्वयमा र सरल र सहजता बनाईने प्रतिबद्धता ब्यक्त गरेका हुन । कार्यालयहरुले सम्पादन गरिरहेका सार्बजनिक हितका सुचनाहरु नगरिकहरुले लिखित र मौखिक रुपमा माग्न खोजे सहज रुपमा उपलब्ध गराउन हुन सुचना अधिकारीहरुलाई निर्देशन दिदै प्रजिअ गौतमले सुशासन र पारदर्शिताको शशक्त औजार नै सुचनाको हक रहेको बताउनुभयो ।
संबिधानमै सुचनाको हकको ज्ञारेन्टी गरेको बिद्यमान अबस्थामा सुचना प्राप्त गर्न नसकेका गुनासो आउनु संबिधान बिपरित भएको भन्दै उहाँले सुचनाको सहज पहुच र कार्यान्वयन गर्नु सुचना अधिकारीको जिम्मेवारी र कर्तब्य रहने बताउनुभयो ।

शान्ति सु ब्यबस्थामा खलल पुयाउने र मुलुकलाई गम्भिर समस्या आउने खालका सुचना बाहेकका सबै खालका सुचनाहरु सहज रुपले हरेक नागरिकले प्राप्त गर्नुसकिने कानुनी ब्यबस्था छ यसमा कन्जुस्याई नगर्न सुचना अधिकारीहरुलाई आग्रह समेत गर्नुभयो । सरकारी कार्यालयका वइभसाईडहरु अपडेट हुनुपर्ने,तिन तिन महिना कार्यालयहरुले मिडिया मार्फत सार्बजनिक सुनुवाई गरेर कार्यालयले सम्पादन गरेका कामकारबाहीहरु जस्ताको तेस्तै जनता सम्म पु¥याउनुपर्ने दायित्व रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश उपाध्यक्ष एबम अमरगढी मिडिया हाउसका प्रबन्ध निर्देशक मानबहादुर साँउदले डडेल्धुरामा सुचनाको हक कार्यान्वयमा निकै जटिलता रहेकाले यसलाई सहजता बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनु भएको थियो ।
कार्यालयले तोकेका सुचना अधिकारीहरु सुचनाको हक कार्यान्वयको सन्र्दभमा आफै अनबिज्ञ देखिन्छन उनीहरुलाई प्रशिक्षणको आबश्यकता रहेको औल्याउदै साँउदले सहज रुपमा सुचनाको हक कार्यान्वय गर्न सकेमा जिल्लाको शुसासन र पारदर्शितामा टेवा पुग्ने बताउनुभयो । जिल्लामा रहेका सरकारी कार्यालयका वइभसाईडहरु अपडेट हुन सकेका छैनन सुचना माग गर्दा आलटाल गर्ने र सहज रुपमा सुचना प्राप्त हुन सकिरहेको छैन यसको गम्भिर समिक्षा गरेर सहजता बनाउन सुचना अधिकारीहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समयमा सुचना सहज रुपले प्राप्त गर्र्न सक्ने अबस्था रहेन र जिल्लाको आर्थिक सुशासन निकै कमजोर छ जहि तही आर्थिक अनियमितता र भ्रष्टाचारजन्य कृयाकलापहरु बढ्दो अबस्थामा छ यसलाई रोक्नुपर्ने उहाले जोड दिनुभयो ।

कार्यक्रम पत्रकार महासंघका पुर्ब केन्द्रीय सदश्य उत्तर बिष्टले सुचनाको हक कार्यान्वयमा जटिलता भएपनि सहजता ल्याउन सुचना अधिकारीहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले सुचना माग नगरेपनि हरेक नागरिकलाई कार्यालयले सम्पादन गरिरहेका सार्बजनिक हितका सुचनाहरु सार्बजनिक सुनुवाई तथा कार्यक्रम मार्फत जानकारी गराउनुपर्ने संबिधानले नै प्रष्ट ब्यबस्था गरेको छ कार्यान्वयमा किन समस्या प्रति प्रश्न गर्नुभयो ।
कार्यक्रममा प्रेश चौतारी नेपालका सुदुरपश्चिम प्रदेश सचिब लोकेन्द्र ओझाले सुचनाको कार्यान्वय पक्ष निकै फितलो रहेको भन्दै सुचना लुकाउने प्रबृती अहिले पनि कायम रहेको बताउनुभयो । कार्यक्रममा जिल्लामा रहेका पत्रकारहरुका बिभिन्न संघ संगठनका प्रमुखहरु र जिल्ला स्थित सरकारी कार्यालयका सुचना अधिकारीहरुको सकृय सहभागीता रहेको थियो । आगामी दिनमा सुचनाको हक कार्यान्वयलाई सहजता बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाएका छन ।




