Amargadhi Post

डडेल्धुरा जिल्लाकै एसईई रिजल्ट २७ प्रतिशतमा सिमित, चौतर्फी आलोचना

मानबहादुर साँउद
डडेल्धुरा,असार १७ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को डडेल्धुरा जिल्लाकै नतिजा २७ प्रतिशतमा सिमित भएपछि चौतर्फी आलोचना भईरहेको छ । उच्च शिक्षा अध्यनका लागी मुख्य खुड्कीलो मानिने एसईई रिजल्टको परिणाम सार्बजनिक भएपछि शिक्षा क्षेत्रको चौतर्फी आलोचना भईरहेको हो ।
जिल्लाका सात पालिकाहरुको रिजल्ट परिणाम २७ प्रतिशतमा खस्कीएपछि पढाईको अबस्था यति दैयनिय हुँदा सम्म पनि नत गाँउपालिका गम्भिर बन्न सके नत शिक्षा शाखा नै गम्भिर छ यसको गम्भिर समिक्षा आबश्यक रहेको सरोकारवालाहरुले जनाएका छन । बर्षभरी बिद्यालयहरुले बिद्यार्थिहरुलाई के पढाई रहेका रहेछन रिजल्ट हेर्दा लाजमर्दाे छ २७ प्रतिशत मात्रै बिद्यार्थिहरु पास भएका छन एकजना पनि चार जिपिए आउन सकेन यो बिडम्बना हो ।


गन्यापधुरा गाँउपालिका उत्तीर्ण प्रतिशत ४८.१९ रहेको छ । दोस्रो स्थानमा रहेको अमरगढी नगरपालिकाको उत्तीर्ण प्रतिशत ४१.७६ छ । यसैगरी अजयमेरु गाउँपालिका ३३.१८ प्रतिशत, आलिताल गाउँपालिका १९.८७ नवदुर्गा गाउँपालिकाका १९.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन ।
परशुराम नगरपालिकाको एसईई नतिजा हरिविजोग नै छ । परशुराममा ग्रेडेड दर १६.९९ प्रतिशत र भागेश्वर गाँउपालिको २७.५२ प्रतिशत रहेको छ । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख खडकबहादुर महताले दिनु भएको जानकारी अनुसार परशुराम नगरपालिका अन्र्तगत रहेको वैजनाथ मावि सलेताको रिजल्ट शुन्य रहेको बताईएको छ । यसैगरी भागेश्वर गाँउपालिकामा तिन वटा बिद्यालयको रिजल्ट शुन्य रहेको छ । सरस्वती माध्यमिक बिद्यालय बोगटा,कैलपाल माध्यमिक बिद्यालय पत्रम,कैलपाल माध्यमिक बिद्यालय पनिउट रहेका छन ।


यसैगरी अजयमेरु गाँउपालिका अन्र्तगत रहेको बालकल्याण माध्यमिक बिद्यालय समैजीको रिजल्ट पनि शुन्य रहेको छ भने अमरगढी नगरपालिका अन्र्तगतको खुल्ला बिद्यालय अन्र्तगत महेन्द्र नमुना माबि र बेद बिद्या आश्रमको रिजल्ट पनि शुल्य रहेको छ । यसैगरी परशुराम नगरपालिका अन्र्तगत रहेका बिद्यालय अन्र्तगत शिबशंकर माध्यमिक बिद्यालय सादनीको एसईई रिजल्ट सन्तोशजनक छ । शिबशंकरले ४० जना सहभागी परिक्षार्थी मध्ये १९ जना उर्तिण भएका छन । कुल रिजल्टको ४७.५० प्रतिशत रहेको छ ।


राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको एसईईको नतिजा अनुसार जिल्लाकै सातपालिका मध्ये गन्यापधुरा गाउँपालिका पहिलो बन्न सफल भएको देखिन्छ । यसरी जिल्लाभरीको एसईई रिजल्टको परिणाम माथी सम्बन्धित बिद्यालय र पालिकाहरु गम्भिर बन्नुपर्ने देखिएको छ । शतप्रतिशत रिजल्ट ल्याउनुपर्नेमा २७ प्रतिशत रिजल्ट ल्याएर बिद्यालयमा भईरहेको पढाईप्रति सबैको चासो र चिन्ता हुनुपर्नेमा सरोकारवाला पक्षहरुको जोड रहेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।