Amargadhi Post

गृहमन्त्री लेखक डडेल्धुरामा,नेता कार्यकर्ता संग भेटघाट

लक्ष्मी ऐर 
डडेल्धुरा, असार २१ गते । गृहमन्त्री रमेश लेखक डडेल्धुरा पुग्नु भएको छ । उहाँको टुरमुकाम डडेल्धुरा रहने छ । आफ्नो गृह जिल्ला बैतडीबाट राजधानी फर्किने क्रममा डडेल्धुरा स्थित काँग्रेसका नेता कार्यकर्ताहरु संग भेटघाट गर्नुहुदै राष्ट्रिय राजनिति र सरकारले ल्याएको आर्थिक बर्षको बजेटका बिषयमा बिफ्रिङ गरिरहनु भएको काँग्रेस डडेल्धुराका सभापती भीमबहादुर साँउदले जानकारी दिनुभयो ।
काँग्रेस र एमालेका बिचमा कुनै तिक्तता नरहेको र आउदो निर्बाचन सम्म यही सरकार रहने बताउनुहुदै गृहमन्त्री लेखकले राष्ट्रिय राजनितिको आबश्यकतालाई मध्यनजर सरकार निर्माण भएको स्पष्ट पार्नुभयो । सरकारका बिषयमा अनाबश्यक टिकाटिप्पणी नगर्न र सरकारलाई कमजोर बनाउने खेलमा कोही पनि लाग्न नहुने गृहमन्त्री लेखकको भनाई थियो ।


जन्मघर बैतडी रहेको गृहमन्त्री लेखकको पारिवारिक एवं राजनीतिक भेटघाटका साथै प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा पूजापाठ गरेर डडेल्धुरा पुग्नु भएको हा््े । डडेल्धुराको प्रशिद्ध उग्रतारा मन्दिरको आजै पुजाआराधान गरि गृहमन्त्री लेखक अहिले होटल राईनोमा जिल्ला स्थित नेता कार्यकर्ताहरु संगको भेटघाट गर्नुभएको छ ।
सरकारले जनताका पक्षमा दृढताका साथ काम गरिरहेको र केही थान अराजनितिकतत्वहरु सरकारका बिरुद्धमा न्वारनदेखिको बल लगाएर अनाबश्यक बदनाम गर्न खोजीरहेको प्रति सचेत रहन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । शान्ति सुरक्षाको अबस्थालाई चुस्त दुरुस्त राख्न स्थानीय प्रशासनलाई निर्देशन गर्दे गृहमन्त्री लेखकले हरेक नागरिकको जिउधनको सुरक्षा र शान्ति सुब्यबस्था कायम गर्न सरकार कुनै कसर बाकी नराख्ने बताउनु भएको छ ।
बिकास निर्माणका कामहरुलाई छिटोछरितो गर्नुपर्र्नेमा जोड दिनुहुदै सरकारले दिर्घकालिन महत्वका योजनाहरु अघि सारेकाले समग्र सुदुरको आर्थिक बिकामा निकै टेवा पुग्ने गृहमन्त्री लेखकको भनाई रहेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।