Amargadhi Post

बाढीपहिरोबाट साबधानी रहन डडेल्धुरा प्रशासनको आग्रह

लक्ष्मी ऐर 
डडेल्धुरा, असार २६ गते । बुधबारदेखि परिरहेको अविरल वर्षाबाट सम्भावित विपद्बाट जोगिन डडेल्धुरा प्रशासन कार्यालयले एक बिज्ञप्ती जारी गर्दे सर्बसधारण नागरिकहरुमा अनुरोध गरेका छन । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले वर्षाको समयमा हुनसक्ने बाढी, पहिरो र नदी कटानलगायतका विपद्का घटनाहरूबाट जोगिन हुन सर्बसधारणलाई सूचनामार्फत् आग्रह गरेका हुन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबारदेखि शुक्रबारसम्म सुदूरपश्चिमका जिल्लाहरूमा साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।


वर्षाको समयमा हुनसक्ने बाढी, पहिरो र नदी कटानलगायतका विपद्का घटनाहरूबाट जोखिम हुनसक्ने भएकोले जिल्लाका सम्भावित जोखिमयुक्त ठाउँहरूमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन हुन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुनले जानकारी दिनुभएको छ ।
विपद्का कुनै घटना हुने अवस्था देखिए तत्काल सम्बन्धित स्थानीय तह र स्थानीय सुरक्षा निकायहरूसँग सम्पर्कमा रही उच्च सतर्कता अपनाउनु हुन र आवश्यक पूर्वतयारी गर्न सबै सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।
बुधबार दिउँसो परशुराम नगरपालिका–७ स्थित साँदनी खोलामा बाढी आउँदा खोलाको बीच टापुमा अड्किएका दुई महिलाको सकुशल उद्धार गरिएको थियो । यसवर्षको मनसुनबाट डडेल्धुरामा साढे २९ हजार बढी नागरिक प्रभावित हुने आकलन गरिएको छ ।
जिल्लाका सातै स्थानीय तह विपद्को जोखिममा रहेपनि परशुराम नगरपालिका र आलिताल गाउँपालिका उच्च जोखिममा छन । त्यस क्षेत्रमा अन्य पालिकाभन्दा बढी बाढी र पहिरोको जोखिम रहेको बढ्न सक्ने अनुमान गरिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।