Amargadhi Post

परशुरामका प्राबिधिक सहायकमाथी घुस लिएको आरोप

लक्ष्मी ऐर
डडेल्धुरा, असार २७ गते । परशुराम नगरपालिका–७ का सहायक प्राविधिक महेश भट्टमाथि घुस लिएको गम्भिर आरोप लागेको छ ।
उपभोक्ता समितिबाट घुस मागेको आरोप लागेपछि वडा नं. ७ को वडा कार्यालयले छानबिन गरि दोशी भेटिएमा कानुनी कारबाहीका लागी प्रक्रिया अघि बढाउने जनाएको छ ।


वडा कार्यालयले एक प्रेश विज्ञप्ति जारी गर्दै बड्डीमलास पिपल चौतारा निर्माण लगायतका योजनामा उपभोक्ता समितिका पदाधिकारीहरूसँग आर्थिक लेनदेनको बार्गेनिङ गरेको आरोपमा उहामाथी छानबिन भईरहेको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष कर्णबहादुर धामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सामाजिक सञ्जालमार्फत आरोपबारे जानकारी प्राप्त भएपछि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल जानकारी गराईएको र कानुनी प्रक्रियाका लागी अगाढी बढ्ने बिश्वास ब्यक्त गर्नुभयो । वडा समितिले सहायक प्राविधिक भट्ट र उपभोक्ता समितिका पदाधिकारीलाई लिखित रूपमा स्पष्टीकरण सोधिसकेको बताईएको छ ।
विज्ञप्तिमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, ‘यदि कर्मचारीले नियमतबस काम नगरी बार्गेनिङ तथा आर्थिक लेनदेन गरेको प्रमाणित भएमा सम्बन्धित कर्मचारीमाथि कारबाही गरिनेछ ।


तर यदि गलत नियतसहित झुटा आरोप लगाइएको प्रमाणित भएमा उपभोक्ता समितिका पदाधिकारीमाथि पनि आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अघि बढाइने वडाले चेतावनी दिएको छ । वडाले विधिको शासन र जवाफदेही प्रशासनको अभ्यासका लागि यस्ता घटनालाई गम्भीरताका साथ लिएर निष्पक्ष छानबिन गरिने जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।