अमरगढी पोष्ट समाचार
काठमाण्डौं,असार २९ गते । छोटो समयमै बिद्यार्थिहरुको आकर्षणको केन्द्र बिन्दु बन्न सफल भएको छ मिड भ्याली कलेज भक्तपुर । गत बर्ष मात्रै पाँच सय बिद्यार्थिह भर्ना लिएर बिज्ञान समुह र म्यानेजमेन्ट समुहमा बिद्यार्थि भर्ना गरेर सुरुवात गरेको उक्त कलेजले यो बर्ष भर्नाको चापलाई थेग्न सकिरहेको छैन ।
गत बर्ष कक्षा ११ मा भर्ना लिएर पढाई सुरु गरेको मिड भ्याली कलेजले यो बर्षका लागी बिज्ञान र लेखा समुह तर्फ भर्नाका लागी आह्वान गरेको इन्टान्स परिक्षामा झण्डै तिन हजार भन्दा बढी बिद्यार्थिहरु पास भएका छन ।

अरनिको राजमार्ग नजिकै, मध्यपुर अस्पतालदेखि करिब १२० मिटर दूरीमा रहेको कलेजमा काठमाडौं, ललितपुर, काभ्रे र भक्तपुर जिल्लाबाट सहजै आवागमन गर्न सकिन्छ । कलेजको पहुँच, सुविधा र वातावरणले गर्दा राजधानीमै पढ्नुपर्ने सोचमा पुनर्विचार गर्ने विद्यार्थीका लागि यो उत्कृष्ट विकल्प बन्न पुगेको छ ।
कलेजका प्रिन्सिपल गोविन्दबल्भ जोशीले“भक्तपुरकै विद्यार्थीले काठमाडौं जानु नपरी यहीं बसेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यो कलेजको स्थापना भएको बताउनु हुन्छ । मुख्यतया गुणस्तर शिक्षा दिने उदेश्यले सुबिधा सम्पन्न कलेज निर्माणको अभ्यासमा लागेका छौं प्रिन्सीपल जोशीले भन्नुभयो— देशभरबाट यो बर्ष बिद्यार्थि आउन थालेका छन कसरी ब्यबस्थापन गर्ने भन्नेमा सोचीरहेका छौं ।
काठमाण्डौंमा उच्च शिक्षाका लागी देशभरबाट बिद्यार्थिहरु आउने गर्छन तर दक्ष जनशक्ति र गुणस्तर शिक्षा हामीले दिन सक्नुपर्छ भन्ने हाम्रो मान्यता हो जोशीले भन्नुभयो— बिभिन्न कलेजहरुमा अध्यापन गराई लामो अनुभब बटुल्न सफल शिक्षकहरु मिलेर यो कलेज संचालनमा ल्याएका हौं त्यसैले गुणस्तर शिक्षा दिने कुरामा हामी गम्भिर छौं र कुनै कम्पोरमाईज हुन सक्दैन ।

कलेजलाई आबश्यक उपकरण सहित शान्त बाताबरण भित्र अहिलेको उच्चतम प्रबिधि मार्फत पठनपाठन हुन लागेको दाबी गर्नुहुदै उहाँले बिद्यार्थिको भबिश्य संग जोडिएको उच्च शिक्षाको पहिलो खुड्कीलोलाई दक्ष तथा गुणस्तर बनाउने एकमात्रै ध्येय रहेको बताउनुभयो । कलेजले एकेडेमिक, स्पोट्र्स र सह–पाठ्यक्रम गतिविधिमा समान रूपले ध्यान दिइरहेको छ जोशीले भन्नुभयो । मिड भ्याली कलेजले भक्तपुरमै अत्याधुनिक पूर्वाधार, अनुभवी शिक्षक टिम, समावेशी नीति, सामाजिक उत्तरदायित्व, प्रयोगात्मक शिक्षा, खेलकुद र सह–पाठ्यक्रम मार्फत एक समृद्ध र सशक्त शैक्षिक हब बनाउने उदेश्य बोकेको बताँउछन ।
क्यारियरको प्रारम्भिक मोडमा रहेका विद्यार्थी र अभिभावकका लागि मिड भ्याली कलेज एक विश्वासिलो र प्रभावशाली गन्तव्य बन्न सफल भएको अभिभाबकहरुको बिश्वास छ ।

माध्यमिक शिक्षाकै रुपमा परिभाषित गरिएपनि कक्षा ११ मा प्रवेश गर्दै गर्दा उच्च शिक्षाको आधार यहीँबाट तय हुने भएकाले यो चरण विद्यार्थीका लागि विशेष मानिन्छ । भोलि के बन्ने ? कस्तो पेशा–व्यवसाय रोज्ने ? कुन क्षेत्रमा करियर बनाउने ? यी सम्पूर्ण कुराको धरातल निर्माण गर्ने चरण हो कक्षा ११ र १२ । त्यसका लागि, छोटो समयमा गुणस्तरीय शिक्षा, प्रयोगात्मक सिकाइ, रचनात्मकता र विद्यार्थीको समग्र विकासमा समर्पित मिड भ्याली कलेज भक्तपुरका विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रका व्यक्तिहरूका माझमा लोकप्रिय बन्दै गएको छ । “ब्मयदभ या क्भाि म्ष्कअयखभचथ” भन्ने मूल नाराका साथ स्थापना गरिएको यस कलेजले शिक्षाको माध्यमबाट व्यक्तिगत, पारिवारिक र सामाजिक रूपान्तरणको महत्वलाई आत्मसात गरेको छ । मिड भ्याली कलेजमा हाल प्लस टु तहमा साइन्स, म्यानेजमेन्ट र ल (कानुन) संकायमा अध्यापन भइरहेको छ ।

गुणस्तरीय शिक्षा, समावेशी वातावरणः
मध्यपुर थिमीको हृदयस्थलमा अवस्थित यस कलेजले विज्ञान, व्यवस्थापन र कानुन संकायमा कक्षा ११ र १२ को अध्ययन गराउँदै आएको छ। विद्यार्थीलाई शैक्षिक मात्र नभई सामाजिक र व्यक्तिगत रूपमा सशक्त बनाउने उद्देश्यले कलेजले समावेशी सिकाइ वातावरण तयार गरेको छ । डिजिटल र भिजुअल शिक्षण प्रणाली, व्यक्तिगत कुर्सीसहितको हाइजेनिक कक्षा कोठा, एसीको सुविधा, अडियो–भिडियो लेक्चर सामाग्री लगायतका प्रविधिमैत्री व्यवस्थाले विद्यार्थीलाई सहज र गुणस्तरीय अध्ययन वातावरण प्रदान गर्दै आएको छ ।
आधुनिक प्रयोगशाला र खेलकुद सुविधाः
कलेजमा विज्ञान संकायका लागि अत्याधुनिक केमिस्ट्री, फिजिक्स र कम्प्युटर ल्याब रहेका छन् । जसमा प्रयोगात्मक शिक्षालाई विशेष प्राथमिकता दिइएको छ । प्रत्येक ल्याबमा प्रशिक्षित शिक्षकको सहयोगमा विद्यार्थीले प्रत्यक्ष प्रयोगात्मक अनुभव लिने अवसर पाउँछन ।
खेलकुदलाई शिक्षा सरह महत्त्व दिँदै मिड भ्याली कलेजले फुटसल, बास्केटबल र विशेषगरी कलेजकै बीचमा अवस्थित ‘बीच भलिबल कोर्ट’ स्थापना गरेको छ । अतिरिक्त क्रियाकलाप अन्तर्गत फुटसल प्रतियोगिता तथा अन्य खेलकुद कार्यक्रमको नियमित आयोजना गरिन्छ । निकट भविष्यमा फुटबल, भलिबल र क्रिकेटलाई समेट्ने स्पोट्र्स एकेडेमी सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ ।
नवीन शिक्षण विधि र क्लब गतिविधिः
कलेजले समूह परियोजना, नवप्रवर्तनात्मक कार्य, नेतृत्व गतिविधि, आलोचनात्मक तथा रचनात्मक सोच, फील्ड भिजिट लगायतका विद्यार्थी केन्द्रित शिक्षण विधिहरू लागू गरेको छ। १३ वटा क्लबहरू मार्फत विद्यार्थीको सृजनात्मकता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकासमा जोड दिइएको छ ।
छात्रवृत्ति र समावेशी पहुँचः
मिड भ्याली कलेजले शैक्षिक, सामाजिक र आर्थिक विविधता समेट्न ३६ वटाभन्दा बढी छात्रवृत्ति मापदण्ड तयार पारेको छ । जेहेन्दार, गरिब, दलित, जनजाति, सिंगल अभिभावक भएका विद्यार्थी, मधेशी, थारु तथा सातै प्रदेशका टपर विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ । यसले सामाजिक न्याय र समान अवसरमा कलेजको प्रतिबद्धता देखाउँछ ।







