Amargadhi Post

कञ्चनपुर घर भएका बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा

अमरगढी पोष्ट समाचार
धनगढी,असार ३० गते । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन्।

अनुभवको फर्जी कागजात बुझाएर नियुक्ति लिएको आरोप लागेका उनी नियुक्त भएको चार महिनामै निलम्बनमा परेका हुन्। ओझालाई सरकारले २०८१ फागुन १२ गते अध्यक्ष नियुक्त गरेको थियो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी कागजात पेस गरेको जान्दा जान्दै के आधारमा नियुक्ति दिएको भनी प्रश्न उठाएपछि सरकारले न्यायिक जाँचबुझ समिति बनाएको हो। उनले बुझाएको कागजातबारे अध्ययन गर्न सरकारले न्यायिक समिति गठन गरेको छ। समिति गठनसँगै ओझा स्वतः निलम्बनमा परेका हुन्।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको एक मन्त्रीले जानकारी दिए। समिति सदस्यमा कपिल ओली र जीवनप्रकाश सिटौला सदस्य छन्। बीमा ऐनको दफा १२ मा उच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको अध्यक्षतामा सरकारले प्राधिकरणका अध्यक्षमाथि छानबिनका लागि न्यायिक समिति गठन गर्न सक्ने व्यवस्था छ।

यस्तो छानबिन समिति गठनपछि प्राधिकरणको अध्यक्ष स्वतस् निलम्बनमा पर्ने व्यवस्था छ। फर्जी अनुभवलाई देखाएर अख्तियारले प्रश्न गरेपछि अर्थमन्त्री विष्णु पौडेलले ओझालाई राजीनामा दिन सुझाव दिएको बताइन्छ। ओझा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोटामा विवादास्पद व्यवसायी दीपक भट्टको रोजाइमा अध्यक्ष भएका हुन्। कञ्चनपुर घर भएका ओझा यसअघि पत्रकारिता गर्थे।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।