Amargadhi Post

स्वास्थ्य बिमाबाट डडेल्धुरा अस्पताल हटाईएपछि सर्बत्र बिरोध

लक्ष्मी ऐर 
डडेल्धुरा, असार ३२ गते । स्वास्थ्य बीमा बोर्डले सुदूरपश्चिमको एकमात्र संघीय अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएपछि अहिले सर्बत्र बिरोध भईरहेको छ । बीमा बोर्डले प्रथम सेवा बिन्दुमा नराखेपछि डडेल्धुरा अस्पतालले त्यस प्रकारको सेवा प्रदान गर्न नसकिने जनाएपछि तत्काल सो निर्णय सच्याउन आग्रह गर्नुभएको हो ।
स्वास्थ्य बीमाले यस डडेल्धुरा अस्पताल डडेल्धुरालाई प्रेषण केन्द्रको रुपमा मात्र सूचिकृत गरेको हुँदा साउन १ गतेदेखि यस अस्पतालले प्रथम सेवा बिन्दुको रुपमा सेवा प्रवाह गर्न नसकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ डडेल्धुरा अस्पतालका निमित्त मेसु नरेन्द्रकुमार खनालद्वारा जारी सूचनामा भनिएको छ ।


डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइएसंगै साउन १ गतेदेखि प्रथम सेवा बिन्दुबाट सिफारिस लिएर आएका बीमित बिरामीहरूले मात्र डडेल्धुरा अस्पतालमा बीमा सुविधा पाउने छन् । यसै बिषयलाई लिएर नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले स्वास्थ्य बिमा हटाउनु सुदुरपश्चिमका सात पहाडी जिल्लाले लिदै आएको सेवाबाट बञ्चित गर्नु कुनै प्रकारले पनि राम्रो हुन नसक्ने बताउनुभयो । स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा यसरी जनताका हित बिपरित गरिने कार्यमा बिमती राखिन्छ र तत्काल निर्णय सच्याउन स्वास्थ्य मन्त्राल र बिमा बोर्डलाई आग्रह गर्दछौं शाहीले भन्नुभयो ।


यसैगरी नेपाली काँग्रेसका जिल्ला सह सचिब गोबिन्द बोहरा र नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक उमेश भट्ट (बिकास)ले डडेल्धुरा अस्पताललाई स्वास्थ्य बिमा हटाउनु किमार्थ ठिक नहुने निर्णय नसच्याए आन्दोलनका कार्यक्रम सम्म हुन सक्ने बताउनु भएको छ ।
अस्पतालका अध्यक्ष करुणाकर ओझाले स्वास्थ्य बिमा कार्यक्रमले बिरामीहरुलाई निकै राहत महसुस भईरहेको बेला यस्तो निर्णय आउनु सुखद पक्ष नभएको बताउनुभयो । पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साँउदले अस्पताललाई अझै ब्यबस्थित गर्नुपर्नेबेलामा उल्टो स्वास्थ्य बिमा हटाईनु किमार्थ ठिक नभएको भन्दै पुर्नबिचारका लागी सरकारलाई आग्रह गर्नुभयो ।

नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश जोशीले एक मात्रै सघिय अस्पताल रहेको डडेल्धुरा अस्पतालबाट बिमा कार्यक्रम हटाईनु र बिरामीहरुले पाउने सुबिधामाथी कुठराघात भएको बताउनुभयो । सुदुरमुकाममा रहेको डडेल्धुरा अस्पताललाई हटाएर जिल्लाको भित्रीमद्येश क्षेत्रमा रहेको जोगबुढा अस्पताललाई प्रथम सेवा बिन्दुमा भने राखिएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।