Amargadhi Post

डडेल्धुरामा ४७ औं पुष्पलाल स्मृती दिवस मनाईयो

लक्ष्मी ऐर 
डडेल्धुरा,साउन ७ गते । डडेल्धुरामा बिबिध कार्यक्रमका साथ ४७ औं पुष्पलाल स्मृती दिवस मनाईएको छ । नेकपा एमाले डडेल्धुराको आयोजनामा पार्टी कार्यालयको क्षेत्रभित्र बृक्षारोपण गरि दिवस मनाएको हो । ४७ औं स्मृती दिवसका अबसरमा पार्टी कार्यालय क्षेत्रमा सरसफाई सगैं बृक्षारोपण गरिएको थियो ।

 स्वर्गिय पुष्पलालको सम्झनामा एमाले नेता कार्यकर्ताहरुले उहाको तस्बिरमा माल्यार्पण गरि दिवस मनाईएको थियो । स्मृती दिवसमा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिबालय सदश्य तथा संबिधान सभा सदश्य ज्ञानु गैरे,एमाले डडेल्धुरा अध्यक्ष गजेन्द्र शाही लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

 कम्युनिष्ट पार्टीका सस्थापक र तथा कम्युनिष्ट आन्दोलनका अगुवा पुष्पलालको योगदान र संर्घषका बिषयमा स्मरण गरिएको थियो । कम्युनिष्ट बिचारलाई स्थापित गर्न कमरेड पुष्पलालले देखाएको बाटो र संर्घषबाट हामी सबैले पाठ सिक्नुपर्ने संबिधान सभा सदश्य ज्ञानु गैरेले बताउनुभयो ।

 यसैगरी पुष्पलाल स्मृती दिवसकै दिन नेकपा एकिकृत समाजबादी पार्टीका नेता जयबहादुर ऐरले उक्त पार्टी परित्याग गरी एमालेमै फर्किएका छन । एमालेबाट बिभाजन भएर स्थापना गरिएको एकिकृत समाजबादी पार्टीले फुटको औचित्य पुरा गर्न नसकेको र पार्टी बिभाजन गरेर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने सडयन्त्र बाहेक केही हुन नुसकेको भन्दै एमाले पार्टीमै फर्किएको ऐरको भनाई थियो ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।