Amargadhi Post

डडेल्धुरामा आत्महत्याको तथ्याक डर लाग्दो अबस्थामा,न्युनिकरणका लागी सबैक्षेत्रबाट हातेमालो हुनु जरुरी

लोकेन्द्र ओझा
डडेल्धुरा,साउन १० गते । डडेल्धुरामा आत्महत्या गर्नेको संख्या बृद्धि हुन लागेपछि यसको रोकथाममा सरोकारवाला पक्षहरु सकृय रुपमा लागेका छन । एक बर्षको अबधीमा मात्रै डडेल्धुरामा आत्महत्या गरेर मृत्यु हुनेको सख्या ३५ पुगेको तथ्याक जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको छ । मृत्यु हुनेमा १८ जना पुरुष र १७ जना महिला छन । यो तथ्याक हेर्दा आत्महत्याको बृद्धिदरले डर लाग्दो अबस्थामा पुगेको छ ।


आत्महत्याका घटनाहरू मध्ये चार जनामा आत्महत्या दुरुत्सानको मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुुख (डिएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार महेन्द्र माध्यमिक विद्यालय खंलगा डडेल्धुरामा अध्ययनरत बालबालिका र अभिभावकहरूसँगको अन्तरकृया कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक श्रेष्ठले उक्त तथ्याक सार्बजनिक गर्नुभएको हो ।
लागू औषध, आत्महत्या र साइबर क्राइमका विषयमा जानकारी दिनुहुदै प्रनाउ श्रेष्ठले सरोकारवाला पक्षहरु जागरुक बन्नुपर्ने र न्युकिरणका लागी पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । यसलाई रोकथाम गर्न जिल्ला प्रहरी कार्यालय डडेल्धुराले निरन्तर सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गाउँ गाउँसम्म अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । पछिल्लो समयमा नेपालमा बढ्दै गइरहेको लागू औसत आत्महत्या तथा साईबर अपराध सम्बन्धी भिडियो सामग्री प्रस्तुत गर्दै विद्यार्थी तथा अभिभावक हरूसँग अन्तकृया गर्दै सहजीकरण गर्नुभएको थियो ।
डडेल्धुरा अस्पताल डडेलधुराका निमित्त नर्सिङ प्रमुख टिका राउतले बालबालिकाको अगाडि अभिभावकले गर्ने व्यवहार त्यसको प्रभावका विषयमा जानकारी दिनुभयो । साथी संगतबाट बालबालिकाहरू कसरी बिग्रिन सक्छन् स्वयं बालबालिकाहरूले नै ती साथीहरू र त्यस्ता साथीहरुबाट कसरी सावधान बन्ने भन्ने विषयमा विद्यार्थीलाई जानकारी दिनुभएको थियो ।


महेन्द्र माध्यमिक विद्यालय डडेल्धुराका प्रधानाध्यापक सुरेन्द्र एरले असल संस्कार सहितको गुणस्तरीय शिक्षा हाम्रो प्रमुख लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले अभिभावकलाई भन्नुभयो हामी यस वर्ष शतप्रतिशत नतिजा ल्याउने गरी शैक्षिक गुणस्तर सुधार गर्दैछौ । यसमा सबै अभिभावक ज्यूहरूको साथ र सहयोग आवश्यक छ ।
बालबालिकाहरूका लागि पढ्ने उपयुक्त वातावरण सिर्जना गर्ने अभिभावकको दायित्व हो प्रअ ऐरले भन्नुभयो— बालबालिकाहरूलाई अनुशासित बनाउनका लागि अभिभावक पनि अनुशासित मर्यादित र आदर्श व्यक्ति बन्न जरुरी छ । सामाजिक परिवेशमा मेरो बच्चा कस्तो अवस्थामा छ कुनै लागू औषधमा त फसेको छैन भन्ने विषयमा पनि चनाखो बन्नुपर्ने छ । बालबालिकालाई कुलतमा जानबाट रोक्नु अहिले अभिभावकका लागि पनि चुनौतीको कुरा रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गत शैक्षिक सत्रमा आएको एसईइ परीक्षाको नतिजा ६१ प्रतिशत राष्ट्रिय रूपमा आएको उत्तीर्ण दर भएकोमा डडेल्धुरा जिल्लामा २७ प्रतिशत मात्रै आएको थियो यो बिषय समिक्षा बन्न जरुरी छ ।


चालु शैक्षिक सत्रमा शैक्षिक गुणस्तरको इन्डिकेटरको रूपमा मानिने एसईई परीक्षा मा सुधार हुन जरुरी छ । शैक्षिक गुणस्तरको अवस्था कस्तो छ भन्ने कुरा मापन गर्ने आधार उत्तीर्णदर भएकोले यसमा सबै अभिभावकहरूले आफ्ना नानीबाबुहरुको भविष्य सुनिश्चित हुने गरी पठनपाठन गराउन हुन प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।
बालबालिकाहरू अभिभावकले गरेका कृयाकलाप हरूबाट र शिक्षकले देखाउने व्यवहार र गर्ने कृयाकलापबाट पनि निकै प्रभावित हुने हुँदा शिक्षक र अभिभावक समेत चरित्रवान र आदर्शवान बन्न जरुरी रहेको धारणा उहाँले राख्नुभएको थियो । महेन्द्र माध्यमिक विद्यालय खलङ्गा डडेल्धुराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक , सुरक्षाकर्मी, सञ्चारकर्मी , बाल क्लबका अध्यक्षहरु ,स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।