Amargadhi Post

डडेल्धुरामा भुस्याकुकुरको बन्ध्याकरण अभियान सुरु

लक्ष्मी ऐर 
डडेल्धुरा,साउन १० गते । डडेल्धुरामा खुल्ला छोडिएका भुस्याकुकुरलाई बन्ध्याकरण अभियान शुक्रबार देखि सुरु भएको छ । दुई दिन सम्म चल्ने यो अभियानको उद्घाटन डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गर्नुभएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आयोजनामा सञ्चालित यो अभियानमा काठमाडौंबाट विज्ञ डाक्टरहरू सहभागी गराएर बन्ध्याकरण कार्यक्रम हुन थालेको छ । साउन ९ गतेबाट सुरु भएको यो अभियानले ३३ वटा कुकुरको बन्ध्याकरण गरिसकेको छ भने अझै १०० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिने अनुमान गरिएको भेटेरिनरी अस्पतालका तथा पशुसेवा बिज्ञ केन्द्र डडेल्धुराका प्रमुख देबराज भट्टले जानकारी दिनुभयो ।
सडकमा खुला रूपमा सुत्ने कुकुरहरूका कारण ट्राफिक चुनौती बढेको र बिहान मर्निङ वाक गर्ने तथा विहानको कलेज–विद्यालय,ट्युसन जाने विद्यार्थीहरूलाई समेत कुकुरबाट खतरा हुन थालेपछि बन्ध्याकरण अभियानको सुरुवात गरिएको प्रमुख भट्टको भनाई थियो ।
गत वर्ष समेत यो अभियान थालनी गरिएको र सोही अनुसार यो बर्ष कुकुरको संख्या न्युन रहेको अनुमान गर्न सकिन्छ प्रमुख भटटले बताउनुभयो । यो बन्ध्याकरण कार्यक्रमले डडेल्धुरामा सामुदायिक कुकुरको व्यवस्थित नियन्त्रणमा सहयोग पुग्ने र यसबाट स्थानीय नागरिकले कुकुरबाटको जोखिम कम हुने आकलन गरिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।