Amargadhi Post

एमाले नगर कमिटिले भन्यो— ‘सरकार इलाका प्रशासन कार्यालय जोगबुढामा कर्मचारी पठाई देउ’

लक्ष्मी ऐर 
डडेल्धुरा,साउन १० गते । डडेल्धुराको परशुराम नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय जोगबुढामा एक महिना देखि कार्यालय प्रमुख नहुँदा नागरिकहरुले भोग्नु परिरहेको सास्ती प्रति एमाले परशुराम नगर कमिटि गम्भिर बनेको छ । शनिबार एक प्रेश बिज्ञप्ती जारी गर्दे एमाले परशुराम नगर कमिटिले महिनौं दिन हुदाँ समेत कार्यालयमा कर्मचारी नहुँदा जनताले भोग्नु परिरहेको समस्या प्रति उदासिन हुन नहुने भन्दै यथासिघ्र कर्मचारी पठाउन आग्रह गर्नुभएको छ ।
भित्रीमधेश क्षेत्रका दुई वटा पालिकालाई सेवा दिने उद्देश्यले परशुराम नगरपालिकाको जोगबुढामा संचालनमा आएको इलाका प्रशासन कार्यालयमा महिनौं देखि कार्यालय प्रमुख नहुदाँ सेवाग्राहीहरुले समस्या झेल्न बाध्य भएपछि एमाले नगर कमिटिको ध्यानाकर्षण भएको छ । एमाले परशुराम नगर कमिटि अध्यक्ष ओमप्रकाश जोशीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ— महिनौं दिन सम्म कर्मचारी अभाब हुनु,लोकतन्त्रको उपहास र जनप्रतिनिधीहरुको भुमिका संदग्दि ठहर हुन्छ । यथासिघ्र कर्मचारी पठाएर सेवाग्राहीको कामकाज गर्न गराउन सरकार लाई बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ । नागरिकता, राहदानी सिफारिस, जग्गा सम्बन्धी कामकाज र अन्य आबश्यक सेवा लिन स्थानीयवासीहरू जिल्ला सदरमुकाम धाउन बाध्य भएपछि जनतामा आक्रोश बढीरहेको छ ।

 गत जेठ २६ गते रञ्जित कुमार यादवलाइ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जलेश्वर नगरपालिकामा सरुवा गरेपछि हाल कार्यालयमा सीमित कर्मचारी मात्र कार्यरत छन । कार्यालयमा आठ जनाको दरवन्दी भएपनि हाल ५ जना मात्र कर्मचारी कार्यरत छन । ती कर्मचारीले राष्ट्रिय परिचयपत्र वितरण र सामान्य पत्राचार बाहेक अन्य सेवा दिन असमर्थता जनाइरहेका छन । कार्यालय सञ्चालनका लागि असार २२ गते एक महिनाको काजमा पठाईएका नायब सुब्बा राम बाबू बराल समेत अहिलेसम्म कार्यस्थल नपुगेपछि समस्या उत्पन्न भएको हो । अहिले आर्थिक वर्षको सुरुआती महिना चलिरहेको हुँदा सामाजिक सुरक्षा भत्ता नवीकरण, अपाङ्गता परिचयपत्र, वृद्धभत्ता अद्यावधिक जस्ता कामहरू पनि प्रभावित भएका छन । सेवाग्राहीहरू हरेक दिन प्रशासन कार्यालय पुगेर रित्तो हात फर्कन बाध्य छन एमाले नगर कमिटि अध्यक्ष जोशीले भने— महिनौ दिन सम्म कर्मचारी हुन नसक्दा पहल गर्न नसक्नु र समयमै कर्मचारी पठाउन नसक्नु राज्यको लार्पवाही हो ।
यस बिषयमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कर्मचारी अभावका कारण उत्पन्न समस्याका बिषयमा मन्त्रालयमा पटक पटक जानकारी गराएको भएपनि केही दिनभित्रै पठाउने आश्वासन आएको बताउनुभयो । हामीले मन्त्रालयलाई कर्मचारी पठाई दिन आग्रह गरिरहेका छौं प्रजिअ गौतमले भन्नुभयो— मन्त्रालयले छिटटै कर्मचारी पठाउने तयारीमा रहेको जानकारी प्राप्त भएको भएपनि कहिले पुग्छ भन्ने बिषयमा भने एकिन गर्न नसक्ने बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।