Amargadhi Post

डडेल्धुराको नबदुर्गामा दुना टपरी उत्पादन हुदैं

लक्ष्मी ऐर 
डडेल्धुरा,साउन १५ गते । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा महिला लक्षित कार्यक्रम अन्र्तगत दुना–टपरी उत्पादन कार्य सुरु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ डाँडाबनमा स्थानीय महिलालाई दुना–टपरी बिषयक तालिम दिएपछि समुह बनाएर महिलाहरुले ब्यबसायिक रुपमा दुना टपरी उत्पादनमा जुटीरहेका छन ।


गाउँपालिकाले स्थानीय महिलाहरूलाई दुना–टपरी बनाउने सीप सिकाएपछि अहिले ब्यबसायिक रुपमा महिलाहरुले दुना टपरी बनाएर उद्योग संचालनको तयारीमा जुटीरहेका छन । स्थानीय स्रोत र कच्चा पदार्थको उपयोगमार्फत आत्मनिर्भर बन्नका लागी तालिम निकै प्रेरणाको श्रोत बनको स्थानीय महिला पारभती देबी बोहराले बताउनुभयो ।


गाउँपालिकाकी उपाध्यक्ष निर्मला बोगटीले स्थानीय महिलाहरु दुना टपरी बनाएर राम्रो ब्यबसाय संचालन हुनेमा बिश्वास ब्यक्त गर्नुभयो । महिलाहरुको राम्रो आयश्रोत बन्न सक्छ हामीले आर्थिक सहयोग र तालिम जस्ता कार्यक्रममा सहयोग गरिदिने हो उपाध्यक्ष बोगटीले भन्नुभयो— महिलाहरूको सक्रियता र उनीहरुमा देखिएको सीप र इच्छाशक्ति उत्साहजनक देखिएको छ ।

यो सीपलाई व्यवसायका रूपमा अगाडि बढाउन सके गाउमै रोजगार सिर्जना गर्न सकिने बताउनुभयो । उहाँले महिलाहरूलाई उद्यमशील बनाउँदै दुना–टपरी व्यवसायलाई आयआर्जनको स्रोत बनाउने लक्ष्य समेत रहेको जनाएको छ । उहाँले महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउन व्यवसायमूलक सीप प्रदान गर्नु आबश्यक रहेको बताईएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।