Amargadhi Post

डडेल्धुरा लगायतका जिल्लामा वृक्षारोपणका नाममा लाखौं रकम दुरुपयोग, उपलब्धी शुन्य

मानबहादुर साउद
डडेल्धुरा,साउन,२० गते । डडेल्धुरा लगायतका बिभिन्न जिल्लामा असारको झरीमा बृक्षारोपणका नाममा लाखौं रुपैया खर्च गरेर दुरुपयोग गर्ने गरिएको छ तर उपलब्धी हात लाग्यो शुन्य भईरहेको छ ।
हरेक बर्ष १० देखि ३० लाख सम्म बृक्षारोपणका नाममा डिभिजन बन कार्यालय डडेल्धुराले खर्च गर्दे आईरहेको भएपनि त्यसको खासै उपलब्धी देखिदैन । बृक्षारोपणका नाममा बन कर्मचारी देखि नर्सरी संचालक सम्मका ब्यक्तिहरु संलग्न भएर बजेट दुरुपयोग गर्दे आईरहेको चौतर्फी गुनासो छ । बोट बिरुवा खरिदका नाममा गोप्य ढगंले फर्म छनौट गर्ने,त्यसमा मिलोमतो ढंगले कोटेशनमा खरिद गर्ने र कागजमा बढी देखाउने बास्तबिक खरिद कम गर्दे ब्यापक रुपमा बजेट दुरुपयोग हुने गरेको छ ।


जिल्ला प्रशासन कार्यालयको रहोबरमा जिल्ला दररेट समितिलाई समेत प्रभाबित गरेर डिभिजन बन कार्यालयले बोट बिरुवाहरुको मुल्य बजार भाउ भन्दा १० औं गुणा बढीमुल्य राख्ने गरेको पाईन्छ । जिल्लामा डिभिजन बन कार्यालय सगैं कृर्षि ज्ञान केन्द्र,भु तथा जलाधार संरक्षण कार्यालय,सामुदायिक बन उपभोक्ता समिति र खोटो कम्पनी लगायतले बर्षैनी लाखौं रुपैया बृक्षारोपणका नाममा सिध्याउने गरेका छन तर उपलब्धी के भयो कँहा भयो भन्दै प्रश्न गरेपछि कागजी तथ्याक बाहेक बास्तबिक उपलब्धी देखाउन सक्दैनन यस्तो बिडम्बना कहिले सम्म ? बृक्षारोपणका नाममा भईरहेको बजेटको सदुपयोग हुन सकेन भने यसको औचित्यता छैन । डिभिजन बन कार्यालय डडेल्धुराले हरेक बर्ष ढलापढाका नाममा काठ निकासी गर्दे आईरहेको छ तर यसको पनि सदुपयोग हुन सकेको छैन ।
दिन प्रति दिन जंगल बिनास हुदै भुक्ष्य भईरहेको छ तर सामुदायिक बनको नाममा केही ब्यक्तिको हालीमुहाली भएर ब्यापक बजेट दुरुपयोग भईरहेको छ यसको छानबिन कसले गर्ने ? कहिले गर्ने यो बिषय गम्भिर छ । समुहका नाममा करोडौं रुपैया आम्दानी भएको देखिन्छ आबश्यक हुदाँ खाता रित्तीएका हुन्छन कँहा खर्च भयो ? हर हिसाब पारदर्शि हुनु पयो भन्ने माग राख्दा उल्टै धम्काउने प्रबृतीको सिकार उपभोक्ताहरु भईरहेका छन तर सम्बन्धित निकाय मुखदर्शक हुने गरेको घटनाक्रमले देखिएको छ । यो प्रबुती पहाडी जिल्ला मध्ये डडेल्धुरामा अलिबढी छ तर अन्य जिल्लामा पनि यस्तो समस्या नभएको होईन ।


यसको निराकरण र पारदर्शिता अबलम्बन गर्नु नितान्त जरुरी छ नागरिक अगुवा रमेश प्रशाद जोशीले भन्नुभयो—बजेटको सदुपयोग हुनुपर्छ, दुरुपयोग गर्नेहरुमाथी अबिलम्ब छानबिन गर्दे कारबाहीको दायरामा ल्याउनै पर्छ । जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा र बाँझो जग्गामा रोपिन्छन् । तर वन क्षेत्रको सघनता र विस्तारमा उल्लेख्य वृद्धि भने हुनसकेको छैन । प्रत्येक वर्ष लाखौँ रूपैयाँ खर्च गरी बिरुवा उत्पादन गरी वितरण हुन्छन् तर संरक्षणको अभावमा बिरुवा हुर्कन नपाउँदै मर्ने गरेका छन् ।

 वनजङ्गलमा डढेलो, खुला चरिचरन र मानवीय लापरवाहीका कारण बिरुवा हुर्कन नपाउँदै मर्ने गरेको वन संरक्षणकर्मीको भनाइ छ । यसैगरी कञ्चनपुर डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासकुँवर वृक्षरोपण पछिको व्यवस्थापन पक्ष कमजोर भएकाले उद्देश्य पूरा हुन नसकेको बताउनुहुन्छ ।“बिरुवा रोप्ने त हो, तर त्यसपछि कसैले हेर्दैन”, उहाँले भन्नुभयो, “न सिँचाइ, न जाली घेराबारा, न त निगरानी नै हुन्छ”, कुँवरका अनुसार नेपालमा अझै ‘छिटो प्रतिफल दिने बिरुवा रोप्ने प्रवृत्ति छ, जुन दीर्घकालीन वन विकास दृष्टिकोणबाट कमजोर मानिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले पनि वृक्षरोपणबारे प्राविधिक ज्ञानको अभाव देख्नुहुन्छ । “बिरुवा रोप्दा माटोको प्रकृति, प्रजातिको अनुकूलता, सिजन आदि विचार गरिँदैन”, वाग्लेले भन्नुभयो, “यसबाहेक रोपेपछि संरक्षण, सिँचाइ र मलजल नगर्ने हो भने पनि वृक्षरोपण अभियानले सार्थकता पाउँदैन ।


”बिरुवा रोप्नेबारे प्राविधिक ज्ञान नहुँदा वृक्षरोपण अभियान आशातित रूपमा सफल हुन नसक्नुको मुख्य कारण भएको उहाँ बताउनुहुन्छ । “वृक्षरोपण गर्ने भनेर जथाभावी रूपमा बिरुवा रोपिन्छन्, बिरुवा रोप्ने तरिका थाहा हुँदैन”, उहाँले भन्नुभयो, “माटोको अवस्था विश्लेषण गरेर त्यसअनुसारका प्रजातिको बिरुवामात्र रोप्नुपर्छ ।” बिरुवा रोपिसकेपछि संरक्षणमा जोड दिनुपर्ने उहाँको भनाइ छ । “बिरुवालाई संरक्षणसँगै समयसमयमा सिँचाइ पनि गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसो गर्न सकिएमा मात्र वृक्षरोपणको कार्यले सफता पाउँछ ।”सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी वृक्षरोपणको कार्य प्रत्येक वर्ष हुँदै आए पनि विभिन्न कारण रोपेका सबै बिरुवा नबाँच्ने गरेको बताउनुहुन्छ । वृक्षरोपणसँगै वन क्षेत्रमा चरिचरन, आगलागी र अतिक्रमण रोक्न सकेमा बिरुवा पुनः उत्पादन प्रभावकारी हुने उहाँ बताउनुहुन्छ । “स्थानीय जातका माउ रुख सुरक्षित गरौँ”, उहाँले भन्नुभयो, “त्यसबाट आफैँ उम्रिने बिरुवा संरक्षण गर्न सकियो भने वन आफैँ बढ्छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।