लक्ष्मी ऐर
डडेल्धुरा,साउन २६ गते । सुदुरपश्चिम प्रदेश सरकारका समाजिक बिकास राज्यमन्त्री सरस्वती खड्काले समग्र डडेल्धुरा जिल्लाको बिकासमा हातेमालो गर्नका लागी आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समिति डडेल्धुराको नबौ जिल्ला सभाको आज उद्घाटन गर्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो ।
डडेल्धुराको समग्र बिकासमा हातेमालौं गरौं एकले अर्काेलाई आरोप प्रत्याआरोप गरेर समर्य बर्बाद नगरौं राज्यमन्त्री खड्काले भन्नुभयो— जिम्मेवारीमा रहेका बेला काम नगर्ने कुरा काट्दै हिड्ने अनि जिम्मेवारीबाट मुक्त भएपछि म भएपछि काम गर्थै भन्ने प्रबृती देखा परेको छ यसमा सुधार्नु जरुरी छ ।

जनताको समस्या समाधान गर्न सबै एकताबद्ध भएर लागौं असम्भब भन्ने कुरा छैन मन्त्री खड्काले डडेल्धुराको नबौं जिल्ला सभा तथा बार्षिक निति कार्यक्रममा बोल्नुहुदै सुशासन पारदर्शिता र जवाफेदेहिता अनुसार काम गरौं ।
डडेल्धुरा जिल्लाका सात वटै स्थानिय तहका जनप्रतिनिधी र प्रमुख प्रशासकीय अधिकृत संघ र प्रदेश कार्यालयका कर्मचारीहरु,जिल्लामा रहेको कृयाशिल राजनितिकदल,पत्रकार र नागरिक सघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति डडेल्धुराका समन्वय प्रमुख गगनसिह भण्डारीले आर्थिक बर्ष २०८२÷०८३ का लागी संघिय सरकारबाट १ करोढ ६८ लाख ६२ हजार रकम प्राप्त भएको बजेट प्रस्तुत गर्नुभएको थियो । समग्र डडेल्धुराको बिकास निर्माणमा स्थानिय तहहरुका बिचमा समन्वय सहकार्य भईरहेको र सबैको हातेमातोको आबश्यकता महसुस भएको प्रमुख भण्डारीले बताउनुभयो ।
कार्यक्रममा अमरगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रशाद उपाध्याय, भागेश्वर गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रशाद भट्ट, अजयमेरु गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र प्रशाद ओझा,परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्ट लगायतले आर्थिक बर्ष २०८१ ÷०८२ को बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन पौडेल,अमरगढी नगर प्रमुख डिल्लीराज जोशी,परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडाऐर जोशी,नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साँउद,प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठ लगायतले शुभकामना सहित सुझाब ब्यक्त गर्नुभएको थियो । नबौ जिल्ला सभामा संघ र प्रदेश अन्र्तगतका जिल्लामा रहेका सरकारी कार्यालयहरुले समेत आर्थिक बर्ष २०८१÷०८२ को आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।




