Amargadhi Post

डडेल्धुरामा लागुऔषध सेवनकर्ता बढदैं, नियन्त्ररणका लागी प्रहरीको सकृयता बढ्नुपर्नेमा जोड

लक्ष्मी ऐर 
डडेल्धुरा,साउन २६ गते । डडेल्धुरामा पछिल्लो केही बर्षयता देखि लागुऔषध सेवन तथा बिक्रीकर्ताहरु बढ्न थालेको भन्दै सरोकारवाला निकायले प्रहरी प्रशासनको गम्भिर ध्यानाकर्षण गराएको छ ।
रेडियो अमरगढी डडेल्धुराको १६ औं बार्षिक उत्सबको सोमबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा आयोजित शुभकामना तथा लागु औषध न्युनिकरण तथा सिनयन्त्ररण बिषयक कार्यक्रमका सहभागीहरुले प्रहरी प्रशासनको ध्यानाकर्षण गराउनु भएको हो ।


रेडियोको बार्षिक उत्सबको उद्घाटन गर्नुहुदै सुदुरपश्चिम प्रदेश सरकारका समाजिक बिकास राज्यमन्त्री सरस्वती खड्काले लागु औषधका सेवनकर्ता र बिक्रीकर्ताहरु बढ्न थालेको प्रति चिन्ता ब्यक्त गर्दे यसको न्युनिकरणका लागी प्रह्री प्रशासन सकृय भएर लाग्नुपर्ने बताउनुभयो । लागु औषध प्रयोगका कारण युबा युबतीहरु दिन प्रति दिन कुलतमा फस्दै गएकाले यसको रोकथाम न्युनिकरण अभियानमा सरोकारवाला पक्षले प्रहरीलाई साथ सहयोग पुयाउनुपर्नेमा राज्यमन्त्री खड्काको जोड थियो । यस्ता बिकृतीलाई निरुत्साहित गर्न संचार माध्यमको अहम भुमिका हुने भएकाले यसको रोकथाम र न्युनिकरणका लागी अभियानका रुपमा अगाढी बढाउन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले संचारमाध्यको खबरदारीले राज्यका नितिनियम कानुन परिपालना गर्न निकै सहज पुग्ने बताउनुहुदै उहाँले लागु औषधको प्रयोगकर्ता बढ्नमा आएको जानकारी आएकाले यसको रोकथाम नियन्त्ररण गर्न चुनौती थपिएको बताउनुभयो ।

 कार्यक्रममा जिल्ला प्रह्री कार्यालय डडेल्धुराका प्रमुख सुगन्ध श्रेष्ठ,पत्रकार महासंघका सुदुरपश्चिम उपाध्यक्ष मानबहादुर साउद,नेकपा एमाले डडेल्धुराका नेता सुन्दर जैरु,प्रेश चौतारीका प्रदेश सचिब लोकेन्द्र ओझा,पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिह डडेल्धुरा बहुमुखी क्याम्पसका स्वबियु सभापती गौरब ऐर लगायतका ब्यक्तिहरुले रेडियोको बार्षिक उत्सबको शुभकामना मनतब्य दिदै लागु औषध नियन्त्ररणका लागी अभियानका रुपमा जिल्लाभरी लैजानुपर्नेमा जोड दिएका थिए ।

 रेडियो अमरगढी डडेल्धुराका स्टेशन म्यानेजर माधबी भट्टले रेडियोको अबस्था,चुनौती र अबसरका बारेमा प्रतिबेदन प्रस्तुत गर्दे हरेक नागरिकको अवाजको सारथी बन्नका लागी आगामी दिनमा अझै परिष्कृत भएर लैजाने बताउनु भएको थियो । रेडियोको बाषिक उत्सबको अबसरमा ट्राफिक,लागु औषध रोकथाम र नियन्त्ररण सम्बन्धी जनचेतना मुलक चारवटा होडिङ बोर्ड जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्त्ररण गरिएको भट्टले जानकारी दिनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।