Amargadhi Post

अमरगढी नगरपालिकाको सार्बजनिक सुनुवाई ः गुनासा बढी,उपलब्धी कम ११ करोड बेरुजु कायमै

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,साउन २९ गते । अमरगढी नगरपालिका डडेल्धुराको बिहिबार सम्पन्न भएको सार्बजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुका ब्याप्त गुनासाहरु प्रकट भएका छन । तर खासै उपलब्धी आशा जगाउन नगरपालिकाले सकेको छैन । अमरगढी नगरपालिकामा झण्डै ११ करोड भन्दा बढी बेरुजु देखिएको छ नगरपालिका भित्र अपारदर्शिता मौलाउदै गएको तथ्याकले देखाउछ । महालेखा परिक्षणको गत आर्थिक बर्षको प्रतिबेदनलाई मात्रै औल्याउने हो भने लाखौ रुपैया गैर कानुनी रुपमा भुक्तानी दिएको देखिएको छ । त्यो रकम असुलउपर गर्न निर्देश गरेको छ भने करौडौं रुपैया बेरुजु आईरहेको छ तर बेरुजु फच्यौट हुन नसक्दा पालिकानै थला परेको देखिन्छ ।
अमरगढी नगरपालिकाको सार्बजनिक सुनुवाईमा प्रतिबेदन प्रस्तुत गर्दे प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रशाद उपाध्यायले १ करोड २६ लागी गत आर्थिक बर्षको दायित्व भुक्तानी हुन बाँकी रहेको र बिगतका बर्षहरुभन्दा आर्थिक बर्ष २०८१÷०८२ मा आन्तरिक राजश्व समेत कम संकलन भएको बताउनु भएको छ । नगरपालिकाको आन्तरिक राजश्व १ करोड ५३ लाख मात्रै संकलन भएको स्विकार गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले सिमित श्रोत साधनका बिचमा काम गर्नुपरिरहेको बताउनुभएको छ । धेरै कुरा सुधार गर्नुपर्ने देखिएको छ तर सुधार गर्न सकिरहेका छैनौं उहाँले भन्नुभयो—आगामी दिनमा सुधार गर्ने गरि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सार्बजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुको सहभागीता न्युन रहेपनि सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरुले नगरपालिका भित्र भईरहेको बिकास निर्माण देखि आर्थिक बेथीतिका प्रश्न उठाएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साँउदले सदरमुकाममा रहेको नगरपालिकाको अबस्था दिनप्रतिदिन बेरुजुको चाङ बढ्दै आर्थिक बेथीती मौलाएको बताउनु भयो ।
शुसासन र पारदर्शिता निकै कमजोर रहेको नगरपालिकामा डडेल्धुरामा सभा हल,बसपार्क सडक फराकिलो कार्यमा भईरहेको ढिलाई,आर्थिक मितब्यिता हुन सकिरहेको छैन लार्खाैं रुपैया असुलउपर गर्नुपर्ने चुनौती देखिएको छ यो बिषयमा गम्भिर बन्न आग्रह गर्नुभयो । नगरपालिकाले के काम गरिरहेको छ कस्तो गरिरहेको छ त्यो स्पष्ट रुपमा महालेखा परिक्षणको प्रतिबेदन एकपटक पल्टाएर हेर्दा स्पष्ट चित्र देख्न सकिन्छ र सुधार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय अगुवा सुरत तमौलीले सडकहरु लथालिङग अबस्थामा छन फोहरमैला ब्यबस्थापन हुन नसक्दा मालमबासीले कहिले सम्म दुर्घन्धित भोग्नुपर्ने हो भन्दै प्रश्न गर्नुभयो — नगरपालिकाले कहिल्यै पनि गम्भिर रुपमा नलिएको गुनासो गरे ।
कार्यक्रममा अर्का समाजिक अगुवा डम्बरबहादुर साँउदले नगरपालिका भित्र थुप्रै खालका समस्या देखिएका छन तर सुधार गर्न आग्रह गर्नुभयो । नगरपालिका भित्र आर्थिक अपारदर्शिता बढ्दो मात्रमा छ त्यसलाई कसरी सुधार गर्ने हो गम्भिर बन्न जरुरी छ उहाले भन्नुभयो— बिकासका योजनाहरुमा गुणस्तर छैनन र जनप्रतिनिधीहरु सम्बेदनशिल हुन नसक्दा पालिकाभित्र समस्यै समस्या छन । नगर प्रमुख माथी आर्थिक मितब्यिताको प्रश्न उठेको नैनिकताको प्रश्न उठीरहेको छ जवाफदेही हुने की नहुने सहभागिहरुले प्रश्न गरेका थिए ।
कार्यक्रममा रामसिह खड्काले अमरगढी नगरपालिकाको वडा नं.६ मा रहेको भजन्यौटामा फोहर ब्यबस्थापन गर्नेभनिएपनि त्यहा स्थानीयहरुको बिरोध भईरहेकोले सम्भब नभएको बतउनुभयो । फोहर ब्यबस्थापनका लागी जग्गा किनिएको भनिएपनि त्यहाँका जनताले बनाउन नदिने भन्दै बिरोध जनाईरहेका बेला खड्काले बाताबरिणयका हिसाबले उपयुत्त नभएकाले बिकल्प खोज्न नगरपालिकालाई आग्रह गर्नुभएको छ ।
अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले नगरपालिका भित्र समस्या देखिएपनि सुधार हुदै गईरहेको र आफु लागीरहेको बताउनुभयो । हामीले राम्रा प्रयास काम गर्न खोजीरहेका छौं अहिले परिणाम आईहाल्ने खालका छैनन यो बर्षदेखि देखिन थाल्ने मेयर जोशीले बताउनुभयो । बेरुजु देखि अपारदर्शिका बिषयले आफुलाई गम्भिर बनाईरहेको भन्दै उहाँले सुधार गर्ने तर्फ लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । फोहरमैला ब्यबस्थापनका लागी जति गरेपनि सबैक्षेत्रबाट असहयोग भईरहेको गुनासो गर्दे मेयर जोशीले फोहरमैलाको ब्यबस्थापनका लागी आफु लागीरहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

 सडक फराकिलो बनाउने क्रममा मेरो बजारको घर भत्किसकेपछि भाडामा लिएर बसेको छु नगरपालिका संग आवासीय भबन छैन त्यसमा पनि बिरोध भईरहेको देख्दा आश्चार्यचकित छु । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सहभागीका गुनासाहरुलाई सम्बोधन गर्दे सदरमुकामको नगरपालिकाले शुसासन र पारदर्शिता भएर काम गर्न आग्रह गर्नुभयो । सिमित बजेट असिमित मागहरु छन तर तेसमै टेकेर काम गर्नुपर्ने चुनौती नगरपालिका संग पक्र्कै पनि छ कसरी राम्रो गर्न सकिन्छ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधीहरु,कर्मचारी र पत्रकारहरुको सहभागीता थियो । सार्बजनिक सुनुवाई कार्यक्रमको सहजीकरण हार्दिक मिडिया ऐजेन्सीका संचालक हिक्मत सिहले गरेका थिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।