लक्ष्मी ऐर
डडेल्धुरा,भदौं २ गते । डडेल्धुरामा रहेको एकमात्र जिबित किल्ला मध्येको अमरगढी किल्ला संरक्षण तथा सम्बद्र्धन अभियानमा नेपाली सेना जुटेको छ । ऐतिहासिक अमरगढी किल्लाको संरक्षण तथा सम्बद्र्धन अन्र्तगत नेपाली सेनाको अर्जुबाण गणदह ब्यारेक डडेल्धुराले परिषरभित्र ढुङगा छाप्ने र किल्लाबाट बाहिर निस्कने सुरुङ मार्ग निर्माण कार्य सम्पन्न गरिएको छ ।

नेपाली सेनाको अर्जुनबाण गण दह ब्यारेक डडेल्धुराले झण्डै २५ लाखमा निर्माण सम्पन्न गरेको योजनाको फायल तथा प्रमाणपत्र सोमबार एक औपचारिक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका पृतनापती माधब थापाले अमरगढी नगरपालिकालाई हस्तान्त्ररण गरेका छन । सुदुरपश्चिमका पृतनापति थापाले अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीलाई प्रमाणपत्र हस्तान्त्ररण गर्दे आगामी दिनमा पनि गढी र किल्लाको सौन्र्दयता र सम्भाबित पर्यटकीय क्षेत्र निर्माणमा साझेदारी गरेर अघि बढ्ने प्रतिबद्धता गर्नुभएको छ ।
बडाकाजी अमरसिह थापाले स्थापना गरेको यो किल्लाको संरक्षण सम्बद्र्धन गर्नु जरुरी रहेको बताउनुहुदै बाहिनीपति थापाले यो बर्षका लागी पनि झण्डै ७० लाख रकम बिनियोजन गरिएकाले के निर्माण गर्ने भन्ने बिषयमा आपसी समन्वय र सहकार्यबाट कामको थालनी गरिने बताउनुभयो । देशभरीका गढी र किल्लाहरु मध्ये जिबित किल्लाका रुपमा अमरगढी रहेको चर्चा गर्नुहुदै उहाँले पर्यटकीय क्षेत्रका रुपमा यसलाई बिकास गर्न सकिएमा अमरगढीको आन्तरिक श्रोतका बलियो पिल्लर हुने बताउनुभयो ।

हस्तान्त्ररण कार्यक्रममा अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले नेपाली सेनाको सकृयताका कारण जिर्ण रहदै आएको अमरगढी किल्लाको संरक्षण सम्बद्र्धनमा निकै टेवा पुगेको बताउनुभयो । नेपाली सेना र अमरगढी नगरपालिकाको सहकार्य र समन्वयमा यो किल्लाको संरक्षण सम्बद्र्धन भईरहेकोमा खुसी ब्यक्त गर्दे डडेल्धुरामा रहेको यो किल्लाका नामले अमरगढी नगरपालिका राखिएको बताउनुभयो ।
यो किल्लाको ऐतिहासिक भुमिका र महत्व छ यसलाई संरक्षण सम्बद्र्धन गर्नु हाम्रो जिम्मेवारी रहेको बताउनुहुदै नगर प्रमुख जोशीले पुरातत्वबिभाग र सम्माननिय प्रधानमन्त्री,अर्थमन्त्री र पर्यटन मन्त्रीहरुलाई संरक्षण सम्बद्र्धनका लागी आबश्यक बजेट बिनियोजनका लागी समेत फायल तयार गरेर पुयाएको स्मरण गराउनुभयो ।
कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सेनाको आर्थिक सहयोगमा सम्पन्न गरिएका संरचनाहरु राम्रा रहेका र आगामी दिनमा पनि आबश्यक भौतिक संरचना निमार्ण हुनेमा आशाबादी रहेको र यसको संरक्षण सम्बद्र्धन गरेर अघि बढ्न सकियो भने पर्यटकीय क्षेत्रको गजतब्य बन्न सक्ने प्रजिअ गौतमको भनाई थियो । अर्जुबाण गण दह ब्यारेक डडेल्धुराका प्रमुख सेनानी उज्जल थापाले एक बर्षको अबधीमा सुरुङ निर्माण र परिषरभित्र ढुङगा बिच्छाउने कार्य सम्पन्न भएको बताउनुभयो । अहिले सम्मकै गढी र किल्लाहरु मध्ये अमरगढीको महत्व र ऐतिहासिकता भिन्न नै छ यसको संरक्षण सम्र्बद्धनका लागी आफुहरु लागीरहेको बताउनुहुदै प्रमुख सेनानी थापाले आगामी आर्थिक बर्षमा अमरगढी किल्ला परिषर बाहिर दैलख गढी र जितपुरमा रहेको जितगढ गढीको चिनारी राख्ने र गढी निर्माण गर्ने लक्ष्य लिईएको जनाएको छ ।

सन १८४७ मा गोर्खाली सेनापति अमरसिंह थापाले निर्माण गराएको अमरगढी किल्ला तत्कालीन कुमाउँ युद्ध र नेपाल राज्य विस्तारको ऐतिहासिक एक जिबित दस्ताबेज हो । हाल अमरगढी नगरपालिका ५, खलंगामा अवस्थित यस किल्लालाई पुरानै स्वरूपमा फर्काउने अभियान थालिएको हो । सहरी बिकास तथा भबन कार्यालयबाट नयाँ निर्माण भइरहेको कोतघरमा तत्कालीन युद्धमा प्रयोग भएका हतियार, अभिलेख, तस्बिर, र किल्लासम्बन्धी पुस्तकहरू प्रदर्शन गरिनेछन । किल्लाको भित्री र बाहिरी भागका ढुङ्गाका संरचनाहरूलाई यथासम्भव पुरानै बनावटमा पुनर्निर्माण गर्ने लक्ष्य लिइएको छ । संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीको प्राविधिक सुपरिवेक्षणमा करिब १ करोड ५० लाख रुपैयाँको लागतमा कोतघर निर्माण कार्य तिब्रगतीमा अघि बढेको छ । अमरगढी किल्ला अमरसिंह थापाले कुमाउँ आक्रमणको बेला युद्ध रणनीति, सुरक्षा र प्रशासनिक कार्यका लागि बनाएको थियो ।




