लक्ष्मी ऐर
डडेल्धुरा,भदौं ४ गते । डडेल्धुराको आलिताल गाउँपालिका ४ रज्यौडामा भरुवा बन्दुक सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले मंगलबार साँझ गरेको खानतलासीमा स्थानीय दीपक सिँजालीको घरबाट एक थान भरुवा बन्दुक बरामद गरेको हो । अर्का स्थानीय गगन बोहराको कोठाबाट समेत अर्को एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
बरामद दुईमध्ये एक बन्दुकसहित सिँजालीलाई नियन्त्रणमा लिइएको छ भने बोहरा भने फरार भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
बोहराको खोजी कार्य जारी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


