Amargadhi Post

माननीय स्वस्थ्य मन्त्री प्रदिप पौडेल ज्यु तपाईलाई डडेल्धुरामा स्वागत छ ।

 माननीय स्वास्थ्य मन्त्री प्रदिप पौडेल ज्यु यही मिति २०८२ साल भदौै ५ डडेल्धुरा आउने कार्यक्रमको जानकारी पाँउदा निकै खुसी छु र तपाईलाई सकेसम्म स्वागत सहित कार्यक्रम स्थलमै सुझाब दिने छु कहिकतै सम्भब नभए यहीबाट तपाई माझ सुझाब राख्न चाहान्छु वा सहभागीहुने साथीहरुले यो सुझाब पेश गरिदिनुहुने छ भन्ने पुर्ण आशा र बिश्वास गरेको छु ।


सुझाबहरु यस प्रकार छन ?
१) डडेल्धुरा अस्पताल सुदुरपश्चिमको सात पहाडी जिल्लाको महत्पुर्ण अस्पताल हो तर जनशक्ति अनुसारको दक्ष र बिज्ञ चिकित्सकहरु पाउन सकिरहेको छैन यसको ब्यबस्थापनमा यहाँको ध्यान जान जरुरी छ र पदपुर्तिका लागी मन्त्री ज्युलाई बिशेष आग्रह गर्दछु ।
२) डडेल्धुरा अस्पतालको सेवासुबिधा बिस्तार सगैं दरबन्दी अनुसारका चिकित्सक, उपकरण र अक्सीजन पलान्ट र बिशेषज्ञ सेवा तत्काल सुचारु गर्नका लागी स्थलगत अध्यन गरेर प्रतिबद्धता जाहेर गर्नका लागी अनुरोध गर्दछु ।
३) स्वास्थ्य बिमा कार्यक्रम केही महिनाका लागी थपिएको भन्ने सुन्नमा आएको छ यहाँको आबश्यकतालाई मध्यनजर गरेर यसको निरन्तरताका लागी प्रतिबद्धता जाहेर गरिदिनका लागी आग्रह गर्दछु ।
४) डडेल्धुरा अस्पताललाई सुबिधा सम्पन्न अस्पताल बनाएर सात पहाडी जिल्लाको भरपर्दाे र बिश्वसनिय र प्रभाबकारी उपचार गर्ने अस्पतालका रुपमा यसको बिकासका लागी तपाईको भाबी योजनाका बारेमा यहाका जनताले तपाईकै मुखारबिन्दुबाट अवाज सुन्न चाहेका छन कृपया जानकारी गराई दिनुहोला ।
५) मन्त्री ज्युकै पार्टीका सभापती तथा यस जिल्लाका प्रतिनिधी पुर्ब प्रधानमन्त्री आदरणीय ब्यक्तित्व माननिय शेरबहादुर देउवा ज्युले चुनाबताका बेला डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउछु भन्नुहुन्छ तर कहिले बन्ने हो र बनाउनका लागी यहाँले थाल्नुभएको कामकारबाहीहरु र प्रक्रियाका बारेमा डडेल्धुरेली जनतालाई जानकारी गराई दिनुहोला ।
६) डडेल्धुरा अस्पताल जो संघिय अस्पताल हो तर यो अस्पताल रिफरल अस्पताल बन्दै आएको छ यहाँ बिशेषज्ञ       सेवा र उपचार पाउन सकिरहेका छैनौं । यो अस्पतालबाट धनगढी र भारतका कतिपय अस्पतालमा यहाका बिरामीहरु रिफर हुनुपर्ने अबस्था छ यो कहिले सम्म रहन्छ ? धनगढीका अस्पतालबाट डडेल्धुरा अस्पताल रिफर हुनुपर्नेमा यहाबाट धनगढी अस्पताल रिफर गरेर उपचार गर्नुपर्ने अबस्थाको अन्त्य कहिले हुन्छ यसको जानकारी गराई दिनुहोला ।


७) डडेल्धुरामा अस्पताल बिकास समिति लामो समय देखि छ यसको भुमिका र आबश्यकता जनताले महसुस गर्ने गरि काम हुन सकीरहेको छैन अधिकार सम्पन्न समिति बनाउ हैन भने यसलाई खारेज गरेर अस्पताल निर्देशक बनाएर ब्यबस्थापकीय जिम्मेवारी दिदा उपयुक्त हुन्छ की समिक्षा गर्नु आबश्यक छ ।
८) अस्पताल बिकास समिति गठन भएदेखि डडेल्धुरा अस्पतालमा सयौं जना करारका कर्मचारी भर्ना भएका छन तिनीहरु कामकाजी नभएर भागबण्डाका आधारमा जागिर खाईरहेका छन तर जुन उदेश्यले भर्ना गरिएका हुन सोही उदेश्य अनुसार काम गरिरहेका छैनन हरेक बेला गुनासो आईरहेको छ ? तर बिकास समिति वा प्रशासकीय पक्ष जवाफदेहिता छैन त्यसैले अस्पताल बिकास समिति समग्र अस्पतालको ब्यबस्थापकीय काम गर्नुपर्नेमा कर्मचारी भर्ना गर्ने बढी ध्यान छ जो आबश्यक भन्दा पनी भर्तिकेन्द्र बनाएर अस्पतालमा जागिर दिने थलो बनाईएको छ यसको समग्र अनुगमन र अध्यन गरेर जान मन्त्री ज्यु आग्रह गर्न चाहान्छु ।
९) अस्पताल भित्र आर्थिक पारदर्शिता फिटिक्कै छैन मनमौजीले काम गरिरहेको र अपारदर्शिता बढ्दो मात्रामा रहेको भन्दै बेला बखत अख्तियमारमा उजुरी पर्ने देखि जनतामा चियोचर्चा चल्ने गर्छ ब्यापक बिरोधका स्वरहरु सुनिन्छन तर बास्तबिक छानबिन गरि अस्पताललाई सेवामैत्री,आर्थिक पारदर्शिता अबलम्बन गराउन मन्त्रालय स्तरीय छानबिन समिति गठन गरि काम गर्न नितान्त जरुरी देखिएको छ यसमा ध्यानाकर्षण गराउन चाहान्छु ।
१० ) अस्पतालका लागी आबश्यक समान तथा उपकरण खरिद गर्ने प्रयोग नगर्ने अस्पतालका नाममा खरिद गर्ने ब्यक्तिले प्रयोग र आफ्नो निजी सम्पती बनाउने कार्य समेत लामो समय देखि भईरहेका छन,ठुलो मात्रामा कोटेशनमा काम गराउने फर्जि बिलभुक्तानी गर्र्ने जस्ता कार्य समेत भईरहेका छन त्यसैले मन्त्री ज्यु यहा आएको बेला सरोकारवाला पक्षलाई बोलाएर बास्तबिक अबस्थाका बिषयमा अन्र्तक्रिया गर्न र आबश्यक कदम चाल्नका लागी समेत अनुरोध गर्दछु ।
११) समग्रतामा डडेल्धुरा अस्पताल घोषणा गर्न र निर्माण गर्न यहाका राजनितिक दल,पत्रकार,समाजिक संघ संस्था नागरिक समाजको महत्वपुर्ण भुमिका रह्यो जो यो अस्पताल टिम अस्पाल एचडिसिएस नामका राष्ट्रिय अन्र्तराष्ट्रिय एनजिओ संस्थाहरुले चलाईरहेको अबस्थामा सरकारले लिनुपर्छ र जवाफदेही बनाउनु पर्छ भनेर स्वतस्र्फुत रुपमा आन्दोलनका बलमा यो ठाँउमा डडेल्धुरा अस्पताल भएको अबगत गराउन चाहान्छु तर अहिले टिम अस्पताल र एचडिसिएस अस्पतालले दिईरहेको सेवा जतिको पनि सेवा दिन नसकिरहेको अबस्थामा जनतालाई के जवाफ दिने ? जवाफ बिहिन बनेका छौं ? त्यसैले युबा मन्त्री र केही गरौं भन्ने सोच भएको मन्त्री भएका कारण यो बिषय उठान गरेको छु पक्कै पनि मनन गर्नुहुनेछ र बास्तबिकताको धरातल पुग्नुहुनेछ भन्ने बिश्वास लिएको छु धन्यबाद । सुझाबकर्ता ः मानबहादुर साँउद÷ सम्पादक अमरगढी पोष्ट दैनिक ÷ उपाध्यक्ष नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिति र डडेल्धुराको समाजिक अभियान्ताको तर्फबाट । बाकी भेटमा ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।