लक्ष्मी ऐर
डडेल्धुरा,भदौं १२ गते । नबदुर्गाको टाँकथलागडा देखि डडेल्धुरा तर्फ आईरहेको जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना शक्त घाईते भएका छन ।
बिहिबार बिहान साँढे ८ बजे से.१ ज ७३८ नम्बरको जिप डडेल्धुरा तर्फ आउदै गर्दा नबदुर्गा गाँउपालिका वडा नं. ५ चौडबान्नी नजिकै रहेको उपल्ली काँडे भन्ने स्थानमा दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको हो ।
सडक खण्डबाट झण्डै अढाई सय मिटर तल खसेर दुर्घटना भएको छ भने उद्धार कार्यमा जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल पुगीसकेको जनाएको छ । मृत्युहुनेमा नबदुर्गा गाँउपालिका वडा नं.५ गजेलाकी ४० बर्षिय तारादेबी अबस्थी,सोही वडाका ७२ बर्षिय कलुदेबी साँउद,नबदुर्गा वडा नं.५ का १८ बर्षिय सुरेश साँउद र सोही वडाका २३ बर्षिय सुरेश पार्की रहेका छन । घाईतेहुनेमा नबदुर्गा गाउपालिका वडा नं.५ का सवारी चालक ३५ बर्षिय रामबहादुर साँउद,सोही ठाँउका ४८ बर्षिय चन्द्रबहादुर साँउद,सोही ठाँउका ४ बर्षिय प्रितका पार्की,सोही ठाँउका ४३ बर्षिया गणेशबहादुर साँउद र १८ बर्षिया सुशिला बिक रहेका छन ।
घाईतेहरुलाई उपचारका लागी डडेल्धुरा अस्पताल ल्याउन लागीएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक डम्बर विष्टले जानकारी दिनुभएको छ । घटनाको बिस्तृत बिबरण आउन केही समय लाग्ने जनाएको छ ।






