Amargadhi Post

परशुराम क्षेत्रका स्वास्थ्य संस्थामा औषधीको अभाब,भाईरलका बिरामी बढ्दै

लक्ष्मी ऐर 
डडेल्धुरा,भदौं १४ गते । डडेल्धुराको परशुराम क्षेत्रका स्वास्थ्य संस्थाहरुमा औषधी अभाब देखिएको छ । केही दिन देखि मौसम फेरबदलका कारण भाईरलका बिरामीहरु बढ्न थालेपनि औषधी अभाबका कारण बिरामीहरु समस्यामा पर्न थालेका छन ।
जोगबुढा अस्पताल,साँदनी स्वास्थ्य केन्द्र लगायतका परशुराम क्षेत्रका बिभिन्न स्वास्थ्य केन्द्रहरुमा केही समययता देखि औषधीको अभाब देखिएको छ । भाईरलका बिरामीहरु दिन प्रति दिन बढ्दै गईरहेको र स्वास्थय केन्द्रमा औषधीको अभाब भईरहनु बिडम्बना भएको साँदनी स्वास्थ्य केन्द्रका प्रमुख संघर्ष धामीले बताउनुभयो । साँदनी स्वास्थ्य केन्द्रमा भाइरलका बिरामीहरु उपचारका लागी आउने गरेको भएपनि सामान्य र्औषधीको अभाबले उपचार दिन निकै गाहे भएको उहाँले जानकारी दिनुभयो ।


ज्वरो,टाईफाईड,रुघाखोकी,पखला लगायतका बिरामीहरु दिन प्रति दिन स्वास्थ्य केन्द्र आईरहेका छन तर औषधी अभाबले उपचार दिन सकिरहेका छैनौं धामीले भन्नुभयो— परशुराम नगरपालिकाको स्वास्थ्य शाखा देखि जिल्ला स्वास्थ्य कार्यालय सम्म औषधी आपुर्ति गरिदिनका लागी आग्रह गरेका छौं कहिले आईपुग्छ भन्न सकिने अबस्था नरहेको बताउनुभयो ।
उता परशुराम नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत बहादुर धामीले स्वास्थ्य संस्थाहरुमा औषधीको अभाब देखिएको भएपनि परपुर्ति गर्न समस्या आईरहेको बताउनुभयो ।
बजेट कार्यान्वयनमा आईनसकेको र स्टोरमा औषधी नभएका कारण स्वास्थ्य चौकीहरुमा औषधी पठाउन नसकिएको स्विकार गर्नुहुदै प्रमुख धामीले परशुराम नगरपालिकामा प्रशासकीय अधिकृत फेरिएको अबस्था एकातिर छ भने अर्काेतिर बजेटको सुनिश्चितता नभएका कारण औषधी खरिद गर्न नसकिएको बताउनुभयो । औषधी अभाब भएसंगैं भाईरलका बिरामीहरु देखा पर्न थालेको जानकारीमा आएपनि औषधी परिपुर्ति गराउन पहल भईरहेको प्रमुख धामीले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई आबश्यक औषधी पठाई दिनका लागी पत्रचार गरेको छु तर त्यँहापनि औषधीको अभाब भएकाले पठाउन नसकिएको जानकारी पाएको छु तर पहल गरिरहेका छौं छिट्टै औषधीको ब्यबस्थापन हुनेमा बिश्वस्त रहन आग्रह गर्नुभएको छ । स्वास्थ्य केन्द्रहरुमा औषधी अभाब हुदाँ समेत सम्बन्धित निकायको गम्भिर्यता नदेखिएपछि नेकपा एमाले परशुराम नगर कमिटिले शनिबार एक प्रेश बिज्ञप्ती जारी गरि स्वास्थ्य संस्थाहरुमा देखिएको औषधी अभाबलाई परिपुर्ति गराउन स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।
नेकपा एमाले परशुराम नगर कमिटि अध्यक्ष ओमप्रकाश जोशीले परशुराम क्षेत्रमा झण्डै १५ दिन देखि स्वास्थ्य चौकीहरुमा औषधीको अभाब देखिएको छ तर सम्बन्धित स्वास्थ्य संस्थाहरु र स्थानीय सरकारको पहलकदमी नभएको भन्दै यथासिघ्र औषधी परपुर्ति गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत बिज्ञप्ती मार्फत गरिएको छ । स्थानीय स्वास्थ्य केन्द्रहरुमा औषधी अभाबका कारण सामान्य भारलका बिरामीहरु समेत उपचारका लागी भारतका बिभिन्न अस्पताल र कैलाली कञ्चनपुरका अस्पतालमा गएर उपचार गराउन बाध्य भएको स्थानीयहरुको गुनासो छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।