Amargadhi Post

देउडाले तात्यो डडेल्धुरा

बाजुराकी चर्चित देउडीया शाही र डडेल्धुराका चर्चित देउडीया भट्ट बिच घम्साघम्सी

मानबहादुर साँउद 
डडेल्धुरा,भदौं १५ गते । डडेल्धुरा सदरमुकाम बिहानै बाट देउडाले तातेको छ । चर्चित देउडीयाहरुका बिच सवाल जवाफले दर्शकहरुलाई भरपुर मनोरञ्जन मात्रै दिएको छैन हाम्रो सँस्कृतीको जर्गेना समेत भएको छ ।
हिन्दु ओमकार सनातन समितिको आयोजनामा आईतबारबाट डडेल्धुराको तुफाँनडाडामा सुरु भएको देउडामा संयौं दर्शकहरुले साथ दिएका थिए । बाजुराकी चर्चित महिला देउडीया सरिता शाही र डडेल्धुरा चर्चित युबा देउडीया टेकराज भट्ट,नरबहादुर बिष्ट र तिलक हमाल बिच देउडामै घम्साघम्सी परेको थियो । राजनिति संगैं सँस्कृती र परम्पराको जर्गेना गर्ने उदेश्यका साथ देउडा प्रर्दशन भएको थियो ।

 बिहान १२ बजेबाट सुरु भएको देउडा पानीको झिमझिम सगैं दर्शहरुले देउडा खेलेर भरपुर मनोरञ्जन लिएका छन । तिन दिन सम्म संचालन हुने उक्त देउडामा भोली सुदुरपश्चिमका चर्चित कलाकार दिर्घ फुलारा सहितका अन्य कलाकारहरुले महिला देउडीया सरिता शाहीसंग प्रतियोगिता हुने आयोजक तिलक हमालले जानकारी दिनुभयो ।

गौरा पर्बको अबसरमा डडेल्धुरा सदरमुकाममा दर्शकहरुलाई देउडा मार्फत मनरोरञ्जन दिने उदेश्यले बिभिन्न कलाकारहरु बोलाएर आयोजना गरिएको हमालले बताउनुभयो । चाडबाडका बेला समय बेतिथ गर्न समस्या हुने र घर जान नसकेर सदरमुकाममै बस्नेहरुका लागी देउडाको आयोजना गरिएको हमालको भनाई थियो । देउडा तिन दिन सम्म तुँफानडाडामा संचालन रहने भएकाले स्थानीय देउडीयाहरुलाई प्राथमिकता दिईने र खेल्ने दर्शकहरुलाई समेत सहभागी भएर खेलको सोभा बढाई दिन सबै दर्शकहरुलाई आयोजकले आग्रह गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।