लक्ष्मी ऐर
डडेल्धुरा,भदौं १६ गते । भीमदत्त राजमार्ग अन्र्तगत गन्यापधुरा गाँउपालिका वडा नं.१ भाँतकाडामा पहिरो खस्दा दुई घण्टा देखि यातायात बन्द भएको छ । सुदुरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अन्र्तगत भाँतकाडामा आएको पहिरोले सात पहाडी जिल्लाको आवतजावत ठप्प भएको छ । दुई दिन देखि लगातार परेको बर्षाले भीमदत्त राजमार्ग संगैं अन्य ग्रामिण सडकहरु पहिरोका कारण अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिलला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक डम्बर बिष्टका अनुसार बिहान ८ बजे देखि अबरुद्ध बनेको केआईसिह राजमार्गको रडुवामा आएको पहिरोले सडक पुर्णतया अबरुद्ध भएको थियो । अबरुद्ध सडकका कारण डोटी,अछाम र बाजुराका सवारी साधनहरु ठप्प भएका थिए ।
सडक डिभिजन कार्यालय कुलपाते डोटीले पहिरो पन्छाएपछि सडक सुचारु भएको छ भने भाँतकाडामा आएको पहिरो हटाउन नसकिएका कारण सडक अबरुद्ध नै रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सडक डिभिजन कार्यालय डोटी र गन्यापधुरा गाँउपालिकाको स्काभेटरले पहिरो पन्छाईरहेको भएपनि अहिले सम्म सडक सुचारु हुन सकेको छैन । डडेल्धुरा,कैलपालमाण्डौं रेल रुमाईल सडक पहिरोका कारण अबरुद्ध भएको प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुई दिन देखि लगातार बर्षात भईरहेकोले खोलानाला आईरहेको र पहिरो खसीरहेकाले सुरक्षित ठाँउमा बसोबास गर्न स्थानीयलाई प्रहरी कार्यालय डडेल्धुराले आग्रह गरेको छ । जिल्लाको भित्रीमद्येश क्षेत्रमा अत्यधिक बर्षा भईरहेकाले महाकाली,रगुन र साँदनी खोला किनारका बस्तीहरु सुरक्षित रुपमा कबस्नका लागी जिलला प्रशासन कार्यालय डडेलधुराले आग्रह गरेको छ ।



