Amargadhi Post

मौलिक संस्कृतीको प्रतिक गौरा पर्ब ः राज्यमन्त्री खड्का

लक्ष्मी ऐर
डडेल्धुरा,भदौं २१ गते । सुदुरपश्चिम प्रदेश सरकारकी समाजिक बिकास राज्य मन्त्री सरस्वती खड्काले मौलिक संस्कृतीको प्रतिक गौरा पर्ब भएको बताउनु भएको छ । राष्ट्रिय गौरा महोत्सब डडेल्धुरा २०८२ को समापन कार्यक्रममा बोल्नुहुदै मन्त्री खड्काले सुदुरपश्चिमको आफ्नो मौलिक पर्ब र सँस्कृतीको प्रतिकका रुपमा गौरा पर्बलाई लिन सकिने बताउनुभयो ।
गौरा पर्बले धार्मिक आस्थाको धरोहर कला सँस्कृतीको संरक्षण सम्बद्र्धन गर्नु आजको आबश्यकता रहेकोमा जोड दिनुहुदै उहाँले आपसी प्रेम, भाईचारा, सामाजिक सद्भाव,इष्टमित्रतामा प्रगाड प्रेमभाब स्थापित हुने भएकाले गौरा पर्बलाई बिशेष महत्वका साथ मनाउनुपर्ने बताउनुभयो ।


चार दिन सम्म संचालन भएको उक्त राष्ट्रिय गौरा महोत्सब शनिबार एक औपचारिक कार्यक्रमका बिच समापन गर्नुहुदै मन्त्री खड्काले हिन्दुहरुको महान पर्ब तथा सुदुरपश्चिमेलीहरु बिशेष तह गौरा र दशै तिहारलाई लिन सकिने बताउनुभयो । कलासँस्कृतीले भरिभराउ सुदुरपश्चिममा महिला र पुरुषहरुले देउडाका भाकामा गौरा पर्ब नचाउने,फाग ढुस्कु,गौरानाँच, वालो नाच, चैत, धुमारी, घुईचम्फा, हुड्केली लगायतका कार्यक्रम प्रर्दशनी गरेर मनाईने गरिन्छ ।


चार दिन सम्म संचालित महोत्सबमा बिभिन्न बिधामा सहभागी देउडीयाहरु र फाग धुमारी गौरा नाचमा सहभागी कलाकारहरुलाई सम्मान तथा प्रशंसा समेत गरिएको थियो । राष्ट्रिय गौरा महोत्सब मुल आयोजक समितिका संयोजक तथा र राधा कृष्ण मन्दिर ब्यबस्थापन समितिका कार्यबाहक अध्यक्ष रमेश प्रशाद जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागी खेलाडी, दर्शकहरु एबम सहयोग गर्नुहुने सम्पुर्ण दाताहरुलाई आयोजक समितिकी सदश्य एबम अग्रज संचारकर्मी लक्ष्मी ऐरले स्वागत मनतब्य मार्फत सबैलाई स्वागत धन्यबाद ब्यक्त गरेकी थिईन ।

 

  गौरा महोत्सबमा स्थानीय तथा प्रदेश स्तरिय देउडीयाहरु टेकराज ओझा,नरबहादुर बिष्ट,करबिर ऐर,गणेश प्रशाद अबस्थी,केशब पाण्डेय,दिर्घ फुलारा सरिता शाही,कल्पना खड्का,साबित्री धामी, पुजा पाण्डेय लगायतका देउडीयाहरु सहभागी भएका थिए । कार्यक्रममा हजारौं दर्शकहरुले गौरा पर्बमा देउडा खेलेर भब्यताका साथ मनाएका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।