Amargadhi Post

संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछु ः राष्ट्रपति

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,भदौै,२६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी गराएका छन् । आज एक अपिल जारी गर्दै उनले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्शमा रहेको बताएका हुन्। उनले आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदान खोज्ने बताएका हुन्।

आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, देशको अहिलेको बिषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु । आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछुु विज्ञप्तिमा भनिएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।