Amargadhi Post

डडेल्धुरामा कर्फयु कायमै

लक्ष्मी ऐर 
डडेल्धुरा,भदौं २७ गते । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लामा सुरक्षासम्बन्धी विशेष परिस्थितिलाई मध्यनजर गर्दै कफ्र्यु आदेश कायमै राखेको छ । चार दिन देखि जिल्लामा कर्फुय र निशेधआज्ञा कायमै रहेको छ । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जारी गर्नुभएको विज्ञप्ति अनुसार साउन २७ गतेदेखि अर्को सूचना नभएसम्म कफ्र्यु लागू हुनेछ ।
कफ्र्यु प्रत्येक दिन साँझ ६ बजबजे देखि भोलिपल्ट बिहान ६ बजेसम्म लागू हुने जनाइएको छ । त्यस्तै, बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म तिन जनाभन्दा बढी भेला, जुलुस, प्रदर्शन, सभा, मेला तथा सामूहिक गतिविधि गर्न निषेध गरिएको छ । आदेशको अवज्ञा गर्ने व्यक्तिमाथि कानुन अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।
साथै जिल्लावासीलाई सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्न समेत आग्रह गरिएको छ । कर्फयुका कारण जिल्लाको जनजिबन अस्त ब्यस्त भएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।