Amargadhi Post

आन्दोलनका नाममा पार्टी कार्यालयमा आगजनी गर्नु दुःखद ः अध्यक्ष शाही

लक्ष्मी ऐर 
डडेल्धुरा,भदौं २७ गते । नेकपा एमाले डडेल्धुरका अध्यक्ष गजेन्द्र शाहीले आन्दोलनका नाममा पार्टी कार्यालयमा आगजनी गरि पुर्णतया क्षती बनाएको घटना प्रति दुख ब्यक्त गरेका छन ।
जेएनजीले सरकारका बिरुद्धमा भदौं २३ र २४ गते गरेको देशब्यापी आन्दोलनका क्रममा डडेल्धुरामा रहेको एमाले पार्टी कार्यालयमा समेत आगजनी गरि पुर्ण क्षती बनाएको घटनाले स्तब्ध भएको अध्यक्ष शाहीले बताउनुभयो । आन्दोलनकारीको आगजनीबाट क्षतबिच्छेद भएको कार्यालयको स्थलगत अध्यनगरि अध्यक्ष शाहीले शुक्रबार एक प्रेश बिज्ञप्ती जारी गर्दे आन्दोलनकारीका माग सरकार संग हुनुपर्नेमा ब्यक्तिका सम्पत्ती,सरकारी तथा गैर सरकारी कार्यालय,पार्टी कार्यालय र उद्योग ब्यबसायीहरुका पसलमाथी तोडफोड आगजनी जस्ता कृयाकलाप निन्दनीय रहेको बताईएको छ ।


भ्रष्टाचार बिरुद्धको अभियान र राजनितिमा युबाको प्रतिनिधित्वको माग राखेर जेएनजीले उठाएका मागहरुको सम्बोधन गर्नका लागी शान्तिपुर्ण आन्दोलनको बाटो हँुदा हुदै पनि हिसात्मक र अराजकता प्रर्दशन गरेर मुलुकले ठुलो धनजनको क्षती ब्यहोरोको घटना प्रति समेत स्पब्ध भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । आन्दोलनका क्रममा झण्डै ३४ जनाले ज्यान गुमाएको र पाँचसय भन्दा बढी घाईते भई अस्पतालमा उपचार गराईएको घटनाले निकै दुखदायी बनाएको छ बिज्ञप्तीमा भनिएको छ— मृतक प्रति हार्दिक श्रदाञ्जली र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । आन्दोलनका क्रममा मुलुकले ठुलो धनजनको क्षती ब्यहोर्दै सरकार निर्माणमा देखिएका समस्या र अन्यौलतालाई समाधान खोजेर अघि बढ्न आन्दोलनरथ पक्ष,राजनितिक दल र नागरिक संघ संस्थाहरुलाई सम्बेदनशिल भएर समस्याको समाधान खोज्न बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।


आन्दोलनका क्रममा भएका आगजनी,तोडफोड हिसात्मक घटनाको छानबिन गरि दोशी उपर कानुनी कारबाही हुनुपर्ने माग राख्दै क्षतीग्रस्त संरचनाको एकिन तथ्याक लिएर क्षतीपुर्ति उपलब्ध गराउन समेत सरकारलाई माग गर्दछौं बिज्ञप्तीमा भनिएको छ । चार दिन देखि डडेल्धुरा लगायत देशभर कर्फुय लागेर नेपाली सेना सहित अन्य सुरक्षाकर्मीहरु सडकमा उत्रिएका छन । एमाले पार्टी कार्यालय भित्र रहेका फर्निचर,डेष्टअप कम्प्युटर, ल्यापटप, फोटोकपी, दराज र आबश्यक कागजात आगजनीबाट पुर्ण नष्ट गरिएको अध्यक्ष शाहीले जानकारी गराउनु भएको छ ।
आन्दोलनका क्रममा जेएनजी समुहले डडेल्धुराका झण्डै १२ वटा कार्यालय माथी तोडफोड आगजनी गरि क्षती पुयाएको छ । क्षतीको एकिन गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराको टोलीले मुजुल्का उठाएर क्षतीको बिबरण लिईरहेको जनाएको छ । आन्दोलनकारीबाट क्षती भएका कार्यालयहरुमा अमरगढी नगरपालिका,नेपाली काँग्रेस,माओबादी केन्द्र,रास्वपा, बिपी काँग्रेस, करदाता सेवा कार्यालय,नापी कार्यालय,मालपोत कार्यालय निर्बाचन कार्यालय,रुडुक,बहुउदेश्यिय बिकास समाज र सुदुरपश्चिम प्रदेश सरकारका समाजिक बिकास राज्य मन्त्री सरस्वती खड्काको निवासमा क्षती पुगेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।