Amargadhi Post

डडेल्धुरा बैंकर्स क्लबको अध्यक्षमा जोशी

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,असोज २६ गते । डडेल्धुरामा रहेका बैंकहरुका कर्मचारीहरुको हकहितमा काम गर्ने संस्था बैकर्स क्लबको अध्यक्षमा राष्ट्रिय बाणिज्य बैंककका प्रबन्धक प्रभुराज जोशी सर्बसम्मत चयन हुनु भएको छ । उहाको नेतृत्वमा ११ सदश्यिय नया कार्य समिति चयन गर्दे सधारण सभा सम्पन्न भएको जनाएको छ ।
नवगठित कार्यसमितिमा ग्लोबल आइएमई बैंकका शाखा प्रमुख वीरेन्द्रकुमार शाही उपाध्यक्षमा चयन भएका छन्।

सिटिजन बैंकका हेमराज जोशी सचिव, सानिमा बैंक डडेल्धुराका क्षेत्र विक्रम शाही सह–सचिवमा चयन भएका छन्।

यसैगरी कुमारी बैंककी मनिसा दियाल कोषाध्यक्ष र सदस्यहरूमा नेपाल एसबिआई बैंकका सन्तोष अवस्थी, एनआईसी एशिया बैंकका ज्ञानेन्द्र भट्ट, सिद्धार्थ बैंकका अर्जुन कुमार पन्त र शैलेन्द्र अवस्थी, एनएमबी बैंकका रुपसिंह ऐर तथा नविल बैंकका धनबहादुर साउँद रहेका छन्। वि.संं.२०७५ सालमा स्थापना भएको बैंकर्स क्लब डडेल्धुराले जिल्लाभरका बैंककर्मीहरूको हकहित संरक्षण, पेशागत विकास र आपसी समन्वयका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।