Amargadhi Post

डडेल्धुरामा तीन सय २२ जनाले जग्गाधनी प्रमाण पुर्जा पाए

लक्ष्मी ऐर
डडेल्धुरा,असोज २७ गते । डडेल्धुरामा तीन सय २२ अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरिएको जनाएको छ ।
विघठित भूमि समस्या समाधान आयोग डडेल्धुराका अध्यक्ष कैलाशाकुमार पाण्डेयले सोमवार कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएको हो ।
परशुराम नगरपालिका, आलिताल गाउँपालिका, अजयमेरु र गन्यापधुरा गाउँपालिकाका अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । आलितालका १२० अजयमेरुमा १४ गन्यापधुराका ९६ र परशुराम नगरपालिकामा ७५ जना अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरिएको बताईएको छ । यसका साथै आलितालका १७ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई पनि पुर्जा वितरण गरिएको जनाइएको छ ।
जग्गाधनी प्रमाण–पुर्जाका लागि जिल्लामा भूमिहीन दलित २३९, भूमिहीन सुकुम्बासी १८९, अव्यवस्थित बसोबास ८ हजार ४३७ र अधुरा अपुरा २८९ गरी ९ हजार १५४ जनाले भूमि समस्या समाधान आयोग जिल्ला समितिको कार्यालय डडेल्धुरामा निवेदन दर्ता गराएका हुन ।
जिल्ला समितिको कार्यालयका अनुसार हालसम्म एक हजार ५१६ कित्ता नाप नक्सा गरिसकिएको छ । जसमा परशुराममा २६७, गन्यापधुरामा ६१८, आलितालमा ३७२, नवदुर्गामा ४४ भागेश्वरमा १५ र अजयमेरुमा २०० कित्ता नाप नक्सांकन भएको भुमी आयोगका बिज्ञ सदश्य इन्द्र महराले जानकारी दिनुभएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।