Amargadhi Post

सडक डिभिजनका इन्जिनियरसहित चार जनाविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

अमरगढी पोष्ट समाचार
काठमाडौँ, असोज २९ गते। सडक डिभिजन कार्यालय, लहान सिराहाका तत्कालीन डिभिजनल इन्जिनियर कार्यालय प्रमुख रविन्द्रलाल दाससहित चार जनाविरुद्ध दुई करोड ३४ लाख ९ हजार ९४५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सिराहाको कल्याणपुर नगरपालिका(५, चिकनास्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान कार्य योजनामा तीन करोड बराबरको गुणस्तरहीन सामाग्री प्रयोग गरी मनोमानी ढङ्गले कार्य सञ्चालन गरी अनिमियतता तथा हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

अयोगका अनुसार मिति २०७७ चैत ३० गते कार्य सम्पन्न गर्ने गरी मिति २०७७ असार २१ गते सम्झौता भएको तथा २०७७ पुस ५ मा कार्य सम्पन्न भई २०७७ पुस २६ मा नापजाँच गरिएको देखिएको छ। आयोगका अनुसार निर्माण अवधिमा निर्माण सामाग्रीको क्युब कास्टिङ गरी तयार गरिएका ५० वटा नमुना सडक डिभिजन, लहानले आफ्नै ल्याबमा परीक्षण गरी निर्धारित परिणाम देखिने गरी ल्याब रिपोर्ट तयार गरे गराएको देखिएको छ।

यसैगरी, निर्माणस्थलको ढलानमा प्रयोग भइसकेको स्थलबाट कोर कटिङ गरी नमुना सङ्कलन गर्नुपर्नेमा प्रतिवादीहरूको आपसी मिलेमतोमा भुक्तानी पूर्व निर्माण सम्पन्न पश्चात् निर्माण कार्यमा प्रयोग नभएको नमुनाहरू २०७७ पुस ६, ७ र ८ गते क्युब कास्टिङ गरी सङ्कलित दस वटा नमुना पुनः परीक्षण गरिएको तथा गलत ल्याब रिपोर्ट तयार गरी गराइ भुक्तानी लिएको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

सडक डिभिजन कार्यालय, लहान, सिराहाका तत्कालीन इन्जिनियर शैलेन्द्र कुमार चौधरी, सब–इन्जिनियर चन्द्रकान्त चौधरी, जय धनन्जयररब्बानी जे।भी। तथा उक्त जे।भी।को तर्फबाट अधिकार प्राप्त रब्बानी कन्सट्रकसनका प्रोपराइटर जफिर कवारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।