Amargadhi Post

कैलालीमा पिकनिकपछि होटलमा बसेका ऐरमाथि आक्रमण, रुद्रपुरमा उपचार हुँदै

हरेन्द्र साउद
धनगढी,कार्तिक,२ गते । कैलालीको गोदावरी नगरपालिका–४ मा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ । गोदावरीस्थित शुभम होटलमा बसेका बेला डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ का ३२ वर्षीय गौरव ऐरमाथि धारिलो हतियार प्रहार भएको हो।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० रणबहादुर चन्दका अनुसार ऐरसहितको समूह दिउँसो पिकनिक मनाउन गोदावरी गएको थियो। पिकनिक सकेर बाँकी साथीहरू फर्किए पनि ऐरसहित केही युवा राति करिब ११ बजे होटलमा बसेर नास्ता गर्दै थिए।

त्यही समयमा बाहिरबाट आएको अर्को समूहले अचानक ऐरमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। डीएसपी चन्दका अनुसार घाउको प्रकृति हेर्दा खुकुरीजस्तो धारिलो हतियार प्रयोग भएको देखिन्छ। गम्भीर घाइते ऐरलाई प्रारम्भिक उपचारका लागि अत्तरियास्थित नवजीवन अस्पताल लगिएको थियो । त्यहाँबाट अवस्था जटिल भएपछि उनलाई धनगढीस्थित निसर्ग अस्पताल र त्यसपछि थप उपचारका लागि भारतको रुद्रपुर रिफर गरिएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहारमा संलग्नहरू हाल फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।