Amargadhi Post

डडेल्धुरा आउँदै गरेको जिप दुर्घटना, पाँच जना घाइते

अमरगढी पोष्ट समाचार
डडेल्धुरा, कात्तिक ८ गते । डोटी जिल्लाबाट डडेल्धुरा आउँदै गरेको जिप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते हुनुभएको छ । डोटी डडेल्धुरा जोड्ने डा. केआई सिंह राजमार्ग अन्तर्गत पर्ने डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३, मछलीखोलामा दुर्घटना भएको हो ।

शनिबार मध्यान्ह १२ः०० बजेको समयमा लुम्बिनी प्रदेश ०१००१ च। ३३०१ नम्बरको बलेरो जिप सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी जिपमा सवार डोटीको सायल गाउँपालिकाका पाँच जना घाइते हुनुभएको छ । घाइते हुनेहरूमा १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद, १९ वर्षका मदन साउँद र १६ वर्षका केशव साउँद रहनुभएको छ ।

घाइतेहरूमध्ये चार जनाको अवस्था सामान्य छ भने लाली साउँदको अवस्था मध्यम रहेको उहाँले जानकारी दिनुभयो । घाइतेहरू सबैको प्रहरीले उद्धार गरी डडेल्धुरा अस्पताल लगिएको उहाँले बताउनुभयो । दुर्घटनाको कारण नखुलेको र यसबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।