लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक २८ गते । नेकपा एमाले डडेल्धुराले भोली २९ गते शनिबारका दिन जिल्ला सदरमुकाम डडेल्धुरामा ब्यापक जनप्रर्दशन गर्ने तयारी गरिरहेको छ ।
नेकपा एमालेले भोली देशभर एकै साथ जनप्रर्दशन गर्र्ने तयारी अनुरुप डडेल्धुरा एमालेले पनि प्रदर्शन गर्न लागेको हो । जनप्रदर्शनमा सहभागी हुन नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटिले सम्पुर्ण जनबर्गिय संगठन,पेशागत संगठनहरु,पार्टीका बिभिन्न तहका कमिटिहरु र सुभ चिन्तक कार्यकर्ताहरुलाई समेत सहभागी हुन आह्वान गरेको छ । नेकपा एमाले जिल्ला कमिटि सचिब शिद्धराज भटटले भोली हुन लागेको प्रर्दशनको सम्पुर्ण तयारी पुरा भईसकेको र प्रर्दशन शान्तिपुर्ण रुपमा हुने बताउनु भएको छ ।
भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानबिन, संसद् पुनःस्थापना, तथा आन्दोलनका क्रममा भएका लुटपाट हिसा हत्या जस्ता घटनाहरुको सत्य–तथ्य छानबिन गरिनुपर्ने माग सहित एमालेले देशैभर एकसाथ जनप्रर्दशन गर्न लागेको हो । एमाले डडेल्धुराको पार्टी कार्यालय तुफाँनडाडाबाट बिहान ठिक ११ बजे ¥याली सहितको जनप्रर्दशन गरि भीमदत्त चौकमा कोणसभाको आयोजना गरिने कार्यक्रम तय गरिएको सचिब भट्टले जानकारी दिनुभएको छ । यस अघि एमालेले देशैभरका ७५३ वटा स्थानिय तहमा एकै साथ जनप्रर्दशन गरेको थियो ।




