Amargadhi Post

फागुन २१ को निर्वाचनमा भाग लिनका लागि १०६ दल दर्ता, १६ वटा नयाँ

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,मसिर,१० गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि बुधवार साँझसम्म १०६ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा भाग लिनका लागि यहीँ मंसिर १ गतेदेखि १० गतेसम्ममा १०६ दलले निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका हुन् ।

बुधवार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै निर्वाचनमा भाग लिनका लागि बाँकी रहेका दललाई दर्ता गराउन सहज हुने भएको छ । आयोगका अनुसार अहिलेसम्म आयोगमा १३७ वटा दलको दर्ता कायम रहको छ । आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा १६ वटा नयाँ दलले पहिलो पटक निर्वाचनमा भाग लिने भएका छन् । आयोगमा अनुसार जेनजी आन्दोलनपछि दर्ता भएका १९ वटा नयाँ दलमध्ये बुधवार साँझसम्म १६ वटा दलले आगामी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका हुन् । पहिलो पटक भाग लिन लागेका दलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०देखि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ लगायतका दल रहेका छन् ।

यस्तै अगामी फागुन २१ को निर्वाचनमा विभिन्न दल मिलेर एकल निर्वाचन चिन्हमा भाग लिने गरी निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दर्ता गराएका छन् । जसमा कुलमान घिसिङको दल उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एकल निर्वाचन चिन्हमा निर्वाचनमा भाग लिने गरी आयोगमा निवेदन दिएका छन् ।

यस्तै नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले पनि एकल निर्वाचन चिन्हमा भाग लिने गरी निवेदन दिएका छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले पनि एकल निर्वाचन चिन्हमा भाग लिने गरी आयोगमा निवेदन दर्ता गराएका छन् ।

१९ दलले दिएको निवेदन दर्ता प्रक्रियामा

यस्तै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मात्रै १९ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगका अनुसार गत साउनदेखि अहिलेसम्म दल दर्ताका लागि निवेदन पेश गरेकोमा १९ वटा नयाँ दल दर्ता भएका हुन् । दल दर्ताका लागि निवेदन दिएका १९ वटै दल भने दर्ताको प्रक्रियामै रहेका छन् ।

आगामी फागुन २१ को निर्वाचनमा भाग लिने प्रयोजनका लागि दर्ता गर्ने समय सीमा ४ दिन थपिएकाले अबको ४ दिन भित्र नयाँ दल दर्ता गराउनेले पनि निर्वाचन प्रयोजनका लागि दर्ता गराउन सक्नेछन् ।

आयोगका अनुसार दर्ताको प्रक्रियामा रहेका दलमध्ये अधिकांशलाई ७७ वटै जिल्लाबाट ५०० मतदाताको सनाखत गराउन मुस्किल भइरहेको छ । आयोगमा अनुसार १९ दलमध्ये ४ वटा दलले मात्रै सनाखत गराइरहेका छन् । जसमा बुधवार साँझसम्म नागरिक बचाउ दलले ३०१, जनता लोकतान्त्रिक पार्टीले १२३ दलले, जनअधिकार पार्टीले ९ र लिवरल पार्टीले ७ जनाको मात्रै सनाखत गराएर जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा पठाएका छन् । आयोगमा अनुसार थप ४ देखि ५ दलले मात्रै दल दर्ता प्रक्रिया गर्न सक्ने अनुमान गरिएको छ ।

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता भएका १०६ दल

देश विकास पार्टी

प्रगतिशील लोकतान्त्रिक पार्टी

देश भक्त समाज

नेपाल लोकतान्त्रिक पार्टी

नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०

राष्ट्रिय स्वतन्त्र पार्टी

आम जनता पार्टी

मंगोल नेशनल अर्गनाईजेशन

बहुजन शक्ति पार्टी

नेपाल सद्भावना पार्टी

नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०

नेपाल मानवतावादी पार्टी

नेपाल जनता संरक्षण पार्टी

नेपाल कम्युनिष्ट पार्टी ९माले०

जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल०

नेपाल जनता पार्टी

राष्ट्रिय समता पार्टी नेपाल

संयुक्त नागरिक पार्टी

नेपाल जनमुक्ति पार्टी

नेपाल कम्युनिष्ट पार्टी ९संयुक्त०

राष्ट्रिय यथार्थवादी पार्टी नेपाल

नेपाल परिवार दल

राष्ट्रिय जनता पार्टी नेपाल

राष्ट्रिय जनमोर्चा

समावेशी समाजवादी पार्टी नेपाल

जनप्रजातान्त्रिक पार्टी नेपाल

विकासशील जनता पार्टी

राष्ट्रिय नागरिक पार्टी

जनता समाजवादी पार्टी ९जसपा०

राष्ट्रिय परिवर्तन पार्टी

नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी ९पुष्पलाल०

संघीय लवकतान्त्रिक राष्ट्रिय मञ्च

राष्ट्रिय एकता दल

संघीय नेपाल पार्टी

जनमत पार्टी

गतिशील लोकतान्त्रिक पार्टी

नेपाली जनश्रमदान सस्कृती पार्टी

नागरिक उन्मुक्ति पार्टी नेपाल ९नाउपा नेपाल०

राष्ट्रिय साझा पार्टी

परिवर्तन पार्टी

नेपाल समावेशी पार्टी

नेपाली काँग्रेस

खम्बुवान राष्ट्रिय मोर्चा

नेपालका लागि नेपाली पार्टी

सचेत नेपाली पार्टी

जनप्रिय लोकतान्त्रिक पार्टी

राष्ट्रिय विकास पार्टी

नेशनल रिपब्लिक नेपाल

युनाईटेड नेपाल डिमोक्रयाटीक पार्टी

जय मातृभूमि पार्टी

नेपाल नौलो जनवादी पार्टी

श्रम संस्कृती पार्टी

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

स्वाभिमान पार्टी

जन प्रजातान्त्रिक पार्टी

जनता प्रगतिशिल पार्टी नेपाल

नागरिक शक्ति नेपाल

नागरिक उन्मुक्ति पार्टी ९नाउपा०

मितेरी पार्टी नेपाल

प्रगतिशील समाजवादी पार्टी

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०

तराई–मधेश लोकतान्त्रिक पार्टी

राष्ट्रिय समुन्नति पार्टी

जनादेश पार्टी नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

नेकपा ९एमाले०

सार्वोदय नागरिक पार्टी

राष्ट्रवादी केन्द्र नेपाल

राष्ट्रिय जनमुक्ति पार्टी

राष्ट्रिय उर्जाशील पार्टी नेपाल

उज्यालो नेपाल पार्टी

नेपाली जनता दल

नागरिक सर्वोच्चता पार्टी नेपाल

आमुल परिवर्तन रिपब्लिकन पार्टी

जनजागरण पार्टी नेपाल

त्रिमुल नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा नेपाल०

इतिहासिक जनता पार्टी

राष्ट्रिय कम्युनिष्ट पार्टी

प्रजातान्त्रिक पार्टी नेपाल

सामाजिक लोकतान्त्रिक पार्टी

नेपाल कम्युनिष्ट पार्टी

नेपाल नागरिक पार्टी

राष्ट्रिय सद्भावना पार्टी

गान्धिबादी पार्टी नेपाल

राष्ट्रबादी युवा मोर्चा

नेपाल मातृभूमि पार्टी

नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टी ९एकल चुनाव चिन्ह०

नागरिक सेवा पार्टी

हाम्रो पार्टी नेपाल र उज्यालो नेपाल पार्टी ९एकल निर्वाचन चिन्ह०

राष्ट्रिय गौरब पार्टी साविकको नेपाल राष्ट्रिय जनएकता पार्टी

उज्जवल भविष्य पार्टी

नेपाली काँग्रेस ९बिपी०

अखण्ड सुदूरपश्चिम पार्टी नेपाल

राष्ट्रिय मूक्ति आन्दोलन नेपाल

समाजवादी पार्टी नेपाल

संघीय विकासवादी पार्टी नेपाल

राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल ९एकल चुनाव चिन्ह०

नेपाल कम्युनिष्ट पार्टी ९माक्सवादी०

प्रगतिशिल नागरिक पार्टी

राष्ट्र निर्माण दल नेपाल

राष्ट्रिय जनमत पार्टी

लोक दल

सम्मुनत नेपाल पार्टी

राष्ट्रबादी एकता पार्टी

विवेकशिल साझा पार्टी

निर्वाचनमा पहिलो पटक भाग लिन लागेका १६ वटा नयाँ दल

राष्ट्रिय परिवर्तन पार्टी

गतिशिल लोकतान्त्रिक पार्टी

नागरिक उन्मुक्ति पार्टी नेपाल

श्रम संस्कृति पार्टी

स्वाभिमान पार्टी

नेकपा ९माओवादी०

जनादेश पार्टी नेपाल

सार्वभौम नागरिक पार्टी

राष्ट्रिय उर्जाशिल पार्टी नेपाल

उज्यालो नेपाल पार्टी

नागरिक सर्वोच्चता पार्टी नेपाल

नागरिक सेवा पार्टी

हाम्रो पार्टी नेपाल र उज्यालो नेपाल पार्टी ९एकल निर्वाचन चिन्ह०

प्रगतिशिल नागरिक पार्टी राष्ट्र निर्माण दल नेपाल

राष्ट्रिय जनमत पार्टी

समुन्नत नेपाल पार्टी

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।