Amargadhi Post

डडेल्धुरामा नया सिडिओ कोइराला आउदै

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,मसिर,१० गते । जिल्ला प्रशासन कार्यालयको नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रूपमा सहसचिव विष्णुप्रसाद कोइराला आउने भएका छन्।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय अछामका प्रजिअ कोइरालालाई डडेल्धुरा सरुवा गरेको हो। जिप्रका डडेल्धुराका सहायक प्रजिअ सावित्रा पुनको दाङ सरुवा गरिएको छ।

गृह मन्त्रालयको निर्णयअनुसार उपसचिव पुनलाई कार्तिक २७ गतेदेखि जिल्लाको नेतृत्व जिम्मेवारी दिएको थियो। दाङ घर भएकी पुन गत असार १६ गते सहायक सिडिओका रूपमा डडेल्धुरा आएकी थिइन्।

सहसचिव सिडिओ जनार्दन गौतमको सरुवापछि मन्त्रालयले उपसचिव पुनलाई प्रमुख जिल्ला अधिकारी बनाएको थियो।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।