Amargadhi Post

शुभलक्ष्मी साना किसान सहकारी संस्था लिमिटेडको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुन ः भट्ट

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,मसिर,१३ गते । शुभलक्ष्मी साना किसान कृषि सहकारी संस्था लिमिटेड डडेल्धुराको ११ औं साधारण सभा तथा चौथो जिल्ला अधिवेशन बृहत कार्यक्रमका बिच शनिबार सम्पन्न गरेको छ । डडेल्धुरा सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिका वडा नं.३ घटाल स्थित कृर्षि फामको प्राङगणमा बृहत साँस्कृतिक कार्यक्रम सहित सधारण सभा सम्पन्न गरेको हो ।
सहकारीका अध्यक्ष बेदप्रकाश भट्टको सभापतित्वमा सम्पन्न भएको उक्त सधारण सभामा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साँउद,नागरिक समाजका अध्यक्ष रमेश प्रशाद जोशी,राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका जिल्ला अध्यक्ष सुधिर जैरु, समाजिक अभियान्ता गणेश कठायतले शुभकामना मनतब्य राख्नु भएको थियो । उद्घाटनशत्रमा शुभकामना मनतब्य राख्नुहुदै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष साँउदले साना किसान कृर्षि सहकारी संस्था मार्फत किसानहरुको आर्थिक समृद्धी सहितको रोजगारी सिर्जना भईरहेको र यसले अझै किसानहरु प्रत्यक्ष लाभान्तित हुने गरि साना तथा मझौला उद्योग संचालन गर्न समेत आग्रह गर्नुभयो ।
जिल्लामा संचालित सहकारीहरु मध्ये सुभ लक्ष्मी सहकारी पृथक र बेग्लै पहिचान बनाउन सफल भएको प्रति धन्यबाद ब्यक्त गर्दे किसानहरुलाई लक्षित गरि संचालनमा ल्याएको यो सहकारी सफलबाटो तर्फ उन्मुख भईरहेको आभास दिएकोमा साँउदको जोड थियो ।


सहकारीका नाममा थुप्रै सहकारीले बचतकर्ताहरु माथी अन्याय गरेको प्रशंग कोट्याउदै नियमनकारी निकाय र संचालक समिति जिम्मेवार हुनुपर्नेमा सुझाब ब्यक्त गर्नुभयो । सहकारीहरुको नियमनकारी निकाय जिम्मेवार नहुदाँ सहकारीहरुले बदमासी गरिरहेको बताउनुहुदै साँउदले अनुगमन र लेखापरिक्षणलाई प्रभाबकारी बनाउनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
शुभ लक्ष्मी सहकारीले आफ्नो सधारण सभाबाट सहकारीका निति कार्यक्रम,बजेट लगानी असुल उपरको परिस्थीतीका बारेमा बृर्हत संम्बाद र छलफल गर्ने लेखा परिक्षण प्रतिबेदनका बिषयमा खुल्ला छलफल गर्दे आगामी बार्षिक कार्ययोजना बनाएर अघि बढ्नुले पारदर्शिता र जवाफदेहिता ढंगबाट सहकारी संचालन भईरहेको देखिएको उहाको भनाई थियो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष रमेश प्रशाद जोशीले शुभ लक्ष्मी साना किसान सहकारी अब्बल सहकारीका रुपमा स्थापित भईरहेको बताउनुभयो । सहकारी प्राधिकरण मार्फत सहकारी बिभागले ल्याएको निति तथा कार्यक्रम भित्र रहेर उक्त सहकारीले डडेल्धुराका ग्रामिण बस्तीमा रहेका साना किसान कृर्षि सहकारी मार्फत किसानहरुको आर्य स्तरमा बृद्धी गर्दे रोजगारी सिर्जना गरिरहेको जोशीको भनाई थियो । सहकारीहरूले शेयर सदस्यहरूलाई ठगिरहेको समयमा शुभलक्ष्मी सहकारी संस्थाले किसानहरुलाई सगठित गर्दे कृर्षि क्षेत्रमा आत्मनिर्भर बनाएर अघि बढदै औद्योगिक क्षेत्रमा समेत लगानी गर्न जोशीले आग्रह गर्नुभयो ।
झण्डै एक करोड भन्दा बढी मुनाफामा रहेको उक्त सहकारीले बार्षिक रुपमा झण्डै ११ करोड भन्दा बढीको कारोबार गरिएको प्रतिबेदनमा उल्लेख गरिएको पाईएको छ । न्युन ब्याजदरमा कृर्षक समुहहरु मार्फत कृर्षि बिउबिजन,तरकारी तथा पशुपालन र अति आबश्यक कृर्षि औजार तथा उपकरणहरुमा समेत लगानी प्रबाह भईरहेको र किसानहरुले राम्रो आम्दानी गर्न सफल भईरहेको आर्थिक प्रतिबेदनमा सचिब जैरुले उल्लेख गर्नुभएको छ ।
सहकारीका प्रबन्ध निर्देशक लोकेन्द्र ओझाले गत आर्थिक वर्ष २०८१÷ ८२ मा झण्डै साढे छ करोड लगानी गरेको भएपनि यो बर्ष ८ करोड सम्म लगानी गर्ने योजना बनाएको बताउनुभयो । चालु आर्थिक वर्षमा ४० वटा महिला कृर्षक समूहहरूलाई व्यावसायिक तालिम प्रदान गर्दै उनीहरूको आर्थिक समृद्धिका सम्भाबित योजनाहरु निर्माण भईरहेको प्रबन्धक ओझाले जानकारी दिनुभयो ।

 चौथो जिल्ला अधिबेशनबाट सर्बसम्मत रुपमा पुनः वेदप्रकाश भट्टको अध्यक्षतामा सात सदश्यिय नया संचालक समिति चयन गरिएको छ । संचालक समितिको उपाध्यक्ष भागरथी भट्ट सचिव संजय जैरु कोषाध्यक्ष नरेश जैरु , सदस्य नरपता सेटी , सदस्यमा हरिना भट्ट र भागरती भट्ट पन्त चयन गरिएको छ । लेखा सुपरिवेक्षण समितिमा अध्यक्षमा गणेश कठायत सदस्य गोमती बोहरा र रोशन पन्त चयन हुनुभएको छ । सहकारीको विपत् व्यवस्थापन समितिमा गोमती पाल तमौली, सदस्यमा गीता कुमारी भट्ट र सदस्य देवकी बोहरा चयन हुनुभएको छ । यसैगरी सहकारी शिक्षा समितिमा संयोजक सिर्जना विश्वकर्मा सदस्य सविता देवी जोशी सदस्य यशोदा कुँवर चयन भएको छ ।
यसैगरी अन्र्तर महिला कृषक समूहको अध्यक्षमा द्वारिका कुमारी भट्ट र सदस्यहरूमा धनकुमारी ओझा , विष्ना भण्डारी, गोदावरी देवी तमौली, गीता बोहरा सर्वसम्मत चयन हुनुभएको छ ।
सहकारीले ताजा तरकारी , बिउ , दूध उत्पादन गर्ने महिलाहरूलाई उत्पादनका आधारमा सम्मानित समेत गरेको छ । तरकारी उत्पादनमा द्रौपदी बोहरा, चन्द्रा पन्त,दुग्ध उत्पादनमा भूमिका बिष्टलाई उत्कृष्ट काम गरेबाफत संस्थाले सम्मान गरेको छ । यसैगरी सहकारीका नियमित बचतकर्तामा उत्कृष्ट बचत गरेको भन्दै डम्बर बहादुर साँउद,तीर्थ भण्डारी, ओम प्रकाश पन्त, गगन भाट लाई सहकारीले सम्मानित गरेको छ ।
महिला समूह परिचालनमा हुक्काचिलम महिला कृषक समूहका अध्यक्ष विष्णु भण्डारीलाई सम्मानित गरेको छ । सहकारीको सञ्चालक समितिको तर्फबाट संस्थाका उपाध्यक्ष भागरती भट्ट र कर्मचारीको तर्फबाट संस्थाका लेखापाल धनेश्वरी पन्तलाई उत्कृष्ट कर्मचारीबाट सम्मानित गरिएको थियो ।


यो सहकारीले हरेक वर्ष समयमै साधारण सभा गर्ने,वार्षिक कार्यक्रम सार्वजनिक गर्ने र लेखा परीक्षणका विषयमा छलफल गर्ने गरिरहेको पाईएको छ । अमरगढी नगरपालिकाभित्र आफ्नो कार्यक्षेत्र बनाएर संचालन भईरहेको यो सहकारी जिल्लाभरी कार्यक्षेत्र बनाउन समेत सधारण सभामा छलफल केन्द्रीत भएको थियो । नब निर्बाचित सहकारीका अध्यक्ष भट्टले लेखा परीक्षण प्रतिवेदन,वार्षिक नीति तथा कार्यक्रमहरु चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती,सेयर लाभांश वितरण कोषको रकम बाँडफाँड महिला समूहलाई विशेष सम्मानका कार्यक्रमहरू आगामी दिनमा अझै सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


अध्यक्ष भट्टले अब किसानहरूका लागि कृर्षि एग्रोभेट पनि सञ्चालनमा ल्याउने तयारी भईरहेको जानकारी दिनुभएको छ । ९२ लाख सेयर पुजि सङ्कलन गरेर यो सहकारीमा धेरै स्थानीयहरू प्रत्यक्ष संलग्न भएका छन । ५%देखि १४% सम्म विभिन्न शीर्षकहरुमा कर्जा र ब्यक्तिगत बचतको ९० प्रतिशत कर्जा लगानी धनजवानी तम्सुकमा ३ लाखसम्म बिना धितो त्यस भन्दामाथि सम्पूर्ण धितोमा कारोबार भइरहेको अध्यक्ष भट्टले जानकारी गराउनुभयो। उहाँले भन्नुभयो निक्षेपको तुलनामा हामीले ऋण लगानी बढाएका छौं उहाँले भन्नुभयो । कार्यक्रममा स्थानीय कलाकारहरु सुधिर र्जैरु,धनीराम गिरी, रमेश मल्ल,सुर्यप्रकाश धामी लगायतका कलाकारहरुले आफ्नो सांगितिक प्रस्तुती मार्फत मनोरञ्जन दिएका थिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।