अमरगढी पोष्ट समाचार
डडेल्धुरा, मंसिर १९ । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा रहेको मष्टाभगवतीको मेला तथा जात्रा शुक्रबार सम्पन्न भएको छ । मेलामा नबदुर्गाका तिन गर्खाबाट चौलो ल्याएर मष्टाभगवतीको मन्दिर परिक्रमा गरि पुजापाठ गर्रि े जात्रा तथा मेला सम्पन्न भएको हो ।
नबदुर्गा गाउपालिकाले एक सुचना जारी मष्टाभगवती जात तथा मेलालाई शुक्रबार एक दिवशिय सार्बजनिक बिदा समेत दिईएको छ । प्रसिद्ध, ऐतिहासिक तथा धार्मिक स्थल मष्ठाभगवती देवीको मन्दिरमा प्रत्येक वर्ष लाग्ने मेलामा भक्तजनको अत्यधिक भीड हुने भएकाले सहज व्यवस्थापनका लागि ब्यबस्थापन समिति गठन गरिएको जनाएको छ ।
धार्मिक दृष्टिले महत्व राख्ने मष्ठाभगवती मेला धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवको रूपमा मनाइँदै आएको छ । हरेक वर्षको मंसिर शुक्ल चतुर्दशीको रात रतेडी र दोस्रोदिन पूर्णिमामा दिउँसेडी मेला लाग्ने गरेको छ । मेला भर्न डडेल्धुरा जिल्ला लगायत सुदुरपश्चिमका अन्य जिल्लाहरुबाट समेत दर्शनार्थीहरुको सहभागी रहेको देखिन्थ्यो । हजारौं मान्छेहरुले मष्टाभगतीको पुजाआराधना गर्दे मनोआकांक्षा पुरा गरिदिनका लागी बिभिन्न भक्कल,धुप,नेजा त्रिशुल,घाट चढाउने परम्परा छ ।

