Amargadhi Post

डडेल्धुरामा निर्बाचन आचारसंहिता पुर्णतया कार्यान्वयन गर्न दलहरु प्रतिबद्ध

लक्ष्मी ऐर 
डडेल्धुरा,फागुन ९ गते । आसन्न फागुन २१ गतेको प्रतिनिधी सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष भयरहित बनाउन निर्वाचन आचारसंहिताको पुर्ण पालना गर्न दलहरुले प्रतिबद्धता जनाएका छन । शनिबार डडेल्धुरा सदरमुकाममा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा राजनैतिक दलहरु,उम्मेदवारका प्रतिनिधीहरु र जिल्ला स्थित सरोकारवालाहरुले निर्बाचन आचारसहिताको पालना गर्न आफुहरु प्रतिबद्ध रहेको जनाएका हुन ।
जिल्ला आचारसंहिता अनुगमन समिति डडेल्धुराको आयोजना र लुनिभा वालसरोकार समुह डडेल्धुराको आर्थिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीले निर्बाचन आचारसंहिता र कार्यान्वयनको अबस्थाका बिषयमा जानकारी गराउनु भएको थियो । निर्बाचनलाई निष्पक्ष,भयरहित बाताबरण सिर्जना गर्नु सबैको दायित्य रहेको बताउनुहुदै सहायक प्रजिअ ओलीले चुनाबी प्रचार प्रशारका कार्यक्रमहरु मित्रबत सम्बन्ध र पारदर्शिता अपनाउन सके जनताको मताधिकारको प्रत्याभुती हुने बताउनुभयो ।


लुनिभा वालसरोकार समुह डडेल्धुराका प्रमुख धर्मसिह ऐरले निर्बाचनका बेला बालबालिकाहरुलाई प्रयोग गर्न नहुने र मतदाता शिक्षा प्रभाबकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो । निर्बाचनका बेला बालबालिका प्रयोग गर्नु आचार संहिता बिरुद्ध हुने भएकाले सरोकारवाला पक्ष गम्भिर बन्नुपर्नेमा ऐरको जोड थियो । कार्यक्रममा अधिवक्ता युवराज जोशीले बालबालिकालाई चुनावी प्रचार–प्रसारमा प्रयोग गर्न नहुने र प्रयोग गरिएको पाईएमा कानुनी कारबाहीका प्रक्रियाहरुका बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोइरालाले शान्ति सुरक्षाको अबस्थालाई मजबुत पारिएको भन्दै निर्बाचनलाई निष्पक्ष र धाधलीरहित बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । जनताको मताधिकारको सुनिश्चितता गर्नका लागी दलहरु प्रतिबद्ध रहन आग्रह गर्नुहुदै प्रजिअ कोईरालाले मतदाता शिक्षालाई गाँउ बस्तीसम्म पु¥याउन सम्पुर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस अरुण कुमार कोइरालाले डडेल्धुरामा आचारसंहिता उल्लंघनका घटना न्यून रहेको जानकारी गराउनु भएको थियो । आचारसहिता बिरुद्ध डडेल्धुरा बजार क्षेत्रमा झण्डाहरु राखिएकाले उजुरीका आधारमा तत्काल हटाउन निर्देशन दिईएको बताउनुभयो ।


कार्यक्रममा नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाही,नेपाली काँग्रेसका सहसचिब गोबिन्द बोहरा,नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधी उमेश भट्ट,राप्रपाका जिल्ला अध्यक्ष राजेन्द्र भण्डारी,रास्वपाका नगर सचिब यादब ओझा,निर्बाचन कार्यालय डडेल्धुराका प्रमुख करुणाकर अबस्थी,पत्रकार महासंघका अध्यक्ष हिक्मत सिह लगायतका सरोकारवालाहरुले निर्बाचनलाई निष्पक्ष बनाउन आ आफ्नो क्षेत्रबाट प्रतिबद्ध रहने प्रतिबद्धता जनाएका थिए । आचारसंहिता पालना गर्नुलाई नै विश्वसनीय निर्वाचनको आधार भएको भन्दै निर्बाचनका प्रक्रियालाई निष्पक्ष र तटस्थ बनाउन सबैपक्षको सकारात्मक सहयोगको अपेक्षा गरिएको जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।