Amargadhi Post

डडेल्धुरामा ३५ बर्ष देखिको काँग्रेस बिरासत रास्वपाले तोड्यो,जोशी बिजयी

लक्ष्मी ऐर 
डडेल्धुरा फागुन २४ गते । डडेल्धुरा जिल्लाले ३५ वर्षपछि संसदमा नयाँ अनुहार पठाएको छ । २०४८ साल यता भएका सात वटै निर्वाचनमा नेपाली कांग्रेसबाट पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भइ निर्वाचित हुँदै आएपनि यो पटक काँग्रेसको बिरासत तोड्दै रास्वपाले बाजी मारेको हो ।
डडेल्धुरा जिल्ला कांग्रेसको किल्ला भनेर परिचय दिदै आएपनि यो पटक शेरबहादुर देउवा उम्मेदवार नबनी काग्रेसका युबा नेता नैनसिह महर उम्मेदवार बनेका थिए ।
देउवा उम्मेदवार नबन्दा यस पटकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशीले १९ हजार १३१ मत ल्याउदै विजयी हुनुभयो । मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार डडेल्धुरामा जम्मा ४५ हजार ९०९ मत खसेका थिए । डा. जोशीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्तु गर्नुभयो । यसैगरी नेकपा (एमाले) का उम्मेदवार चक्र स्नेहीले दुई हजार ३१६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मानसिह मालले ६ हजार ४३८ मत प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।


डा.जोशी २०७० सालको दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार भइ देउवासँग फराकिलो मतअन्तरले पराजित हुनुभएको थियो । देउवाले २३ हजार ९२० मत प्राप्त गर्दा जोशीले सात हजार १९० मत मात्र प्राप्त गर्नुभएको थियो ।
जोशी १६ हजार ७३० मतअन्तरले पराजित हुनुभएको थियो । देउवा र जोशीको गृह पालिका एउटै पालिका गन्यापधुरा हो । २०७४ सालमा भएको सुदूरपश्चिम प्रदेशसभा सदस्यमा पनि जोशी नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति कर्ण मल्लसँग झिनो मतअन्तरले पराजित हुनु भएको थियो । एउटै गाउँका उहाँहरु सुदूरपश्चिम क्षेत्र (ख) बाट उम्मेदवार बन्नु भएको थियो । मल्लले १३ हजार ४१३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५७ मत पाएर ३५६ मतले पराजित हुनु भएको थियो ।
त्यसपछि जोशी नेकपा एमाले पार्टी फुट्दा माधबकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीमा पुग्नु भएको थियो । २०७९ सालमा भएको सुदूरपश्चिम प्रदेश सभा सदस्यको दोस्रो निर्वाचनमा समाजवादी पार्टीबाट उम्मेदवारको टिकट नपाएपछि उहाँ स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो । कांग्रेसमा विद्रोह गरी बिपी कांग्रेस बनेका मल्लकै सहयोगमा जोशी प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँले कांग्रेसका उम्मेदवार गोबिन्दराज बोहरालाई २०० मत अन्तरले पराजित गर्नुभएको थियो । जोशीले ११ हजार १७० मत प्राप्त गर्दा बोहराले १० हजार ९७० मत प्राप्त गर्नु भएको तथ्यांक जिल्ला निर्वाचन कार्यालयको छ ।
अहिले चुनाव घोषण भएपछि जोशी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नु भएको थियो । पछि उज्यालो नेपाल र रास्वपा पार्टी एकिकरण हुदा उहाँ पनि रास्वपामा समाहित हुनुभयो । उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ रास्वपाबाट केही घण्टामै फर्किदा जोशी भने रास्वपामै बस्नुभएको थियो । उनै जोशीले ७ हजार भन्दा बढी फराकिलो अन्र्तरले नेपाली काग्रेसका पुर्ब केन्द्रीय सदश्य महरलाई पराजित गर्दे काँग्रेसको बिरासतमा घण्टी चुनाब चिन्हलाई स्थापित गरेका छन । उनी शिक्षक देखि प्रदेश सांसद हुदै सघिय सांसदमा पहिलो पटक पुग्ने अबसर प्राप्त भएको छ ।
उनी निर्बाचित भएर सपथ लिएलगत्तै जिल्लाको भित्रीमद्येश क्षेत्रको परशुराम नगरपालिकाका बिभिन्न गाँउबस्तीहरुमा मतदाताहरुलाई धन्यबाद दिने कार्यक्रम अनुरुप अभियान थालेका छन । आज परशुरामको बसौटी कलेना र शिर्ष परिगाउका जनताहरु संग घरदैलो भेटघाट र धन्यबाद दिने कार्यक्रम सुरु गरेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।